बाबुरामको टिप्पणीः खड्गप्रसादको कुम्भमेला, निभ्ने बेलाको बत्ति

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेको जारी विधान महाधिवेशनलाई निभ्नेबेलाको कुम्भमेला भनी टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरी शुक्रबारबाट शुरु भएको विधान महाधिवेशनलाई ‘खड्गप्रसादको कुम्भमेला निभ्नेबेलाको बत्ति’ भनी टिप्पणी गरेका हुन् ।
‘लुटको धन फूपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्नेछ ।’ –डा. भट्टराईले एमालेको विधान महाधिवेशनलाई लक्षित गरी भनेका छन् ।
भट्टराईले सोही ट्वीटमा लेखेका छन्– ‘नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्ततः स्टालिन, हिटलर र फासीवाद जन्माउने हो । चेतना भया ।’
डा. भट्टराईले गरेको यो ट्वीटलाई भने रिट्वीट गर्दै ट्वीटर प्रयोगकर्ताहरुले आफ्नो असफलतालाई बिर्सिएर अरुको आलोचना नगर्न सुझाएका छन् ।
हेर्नुहोस्, बाबुरामको ट्वीटः
खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो। लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्नेछ।नक्कली राष्ट्रवाद,नृजातीय अहंकारवाद,पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्त: स्टालिन,हिटलर र फासीवाद जन्माउने हो।चेतना भया! pic.twitter.com/B8SzzMuaIK
— Baburam Bhattarai (@brb1954) October 2, 2021
















‘विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ’
राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान
विश्व तापक्रम निरन्तर वृद्धि, समुद्री सतह लगातार बढ्दै
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया