एनआरएनए महाधिवेशन : लोकतान्त्रिक समूहलाई जिताउन कांग्रेसले ताक्यो नेताहरुकाे जिम्मेवारी

काठमाडौँ । नेपाली कांग्रेसले गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न दशौं महाधिवेशनमा लोकतान्त्रिक समूहलाई विजयी बनाउन समन्वयका लागि आठ नेतालाई जिम्मेवारी दिएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका अनुसार यूरोप क्षेत्रमा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य गगन थापालाई जिम्मेवारी दिइएको छ । अफ्रिका, मध्यपूर्व क्षेत्र र जनसम्पर्क समितिमा भने पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई जिम्मेवारी दिइएको छ । एसिया क्षेत्रमा केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र अर्जुन जोशी, अमेरिका क्षेत्रमा केन्द्रीय सदस्य डा। मिनेन्द्र रिजाल र ओसियना क्षेत्रमा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ ।
कांग्रेसले यसअघि नै संघको निर्वाचनमा लोकतन्त्रवादी समूहलाई समर्थन जनाउने निर्णय गरिसकेको छ । पार्टीका तर्फबाट आवश्यक समन्वय गर्न केन्द्रीय समितिमा रहेका नेताहरुलाई जिम्मेवारी तोकिएको पनि कांग्रेसले जनाएको छ । एनआरएनएको दशौं महाधिवेशन यही अक्टोबर २३–२५ मा हुँदै छ । कांग्रेस निकट रविना थापा र कुल आर्चायले अध्यक्षका लागि उम्मेदवारी घोषणा दिने तयारी गरेका छन् ।


















फोर्थिङ ‘एक्सचेन्ज एण्ड अपग्रेड टु फ्राइडे ईभी’ अफर सार्वजनिक, ७ लाखसम्मको विशेष योजना
जिलीको अत्याधुनिक ‘सर्ट ब्लेड’ ब्याट्री अब नेपालमा, ईएक्स ५ मार्फत उपलब्ध
Chhayanath Rara Municipality approves Procedures on Labour Bank
मधेश बलियो भए मात्रै मुलुकमा संघीयता सुरक्षित रहन्छ : उपेन्द्र यादव
कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले भने – निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नू
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ
प्रतिक्रिया