लुम्बिनीको थप पर्यटन प्रवद्र्धन गर्न आग्रह
मेरोन्यूज
२०७८ असोज १७ गते ९:५०

लण्डन । परोपकारी संस्था बुद्ध फाउण्डेशन बेलायतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको थप पर्यटन प्रवद्र्धन र संरक्षण गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ । सन् २०१७ मा सो संस्था यहाँ दर्ता भएको थियो ।
लण्डनस्थित नेपाली दूतावासमार्फत हालै सरकारलाई एक ज्ञापनपत्र बुझाउँदै फाउण्डेशनले बुद्धजन्मस्थलका बारेमा अन्तर्राष्ट्रियस्तरमा थप प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको हो । यहाँस्थित राजदूत लोकदर्शन रेग्मीलाई फाउण्डेशनका अध्यक्ष दीपक श्रेष्ठसहित कार्यसमितिका पदाधिकारीले ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्रमा विश्वमा अहिंसा र शान्तिको सन्देश दिने गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई थप प्रवद्र्धन गर्न र राहदानीमा लुम्बिनीलाई समावेश गराउन भनिएको छ । रासस











दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया