एमालेलाई अहिले कम्तीमा ५१ प्रतिशत नेपाली चाहिएको छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई अहिले कम्तीमा ५१ प्रतिशत जनता चाहिएको वताएका छन् । पार्टीको विधान महाधिवेशनमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथी जवाफ दिँदै ओलीले एमालेलाई सरकारमा पुराउन ५१ प्रतिशत जनता चाहिएको बताएका हुन् । त्यसका लागि उनले पार्टी छोडेर, भ्रममा परेर गएकालाई पनि फर्काउन नेता कार्यकर्तालाई अपिल गरे ।
जनताले थाहा पाउने गरी देश विकास हुनुपर्ने, सुसासन हुनुपर्ने, भष्टाचार अन्त्य हुनुपर्ने र समृद्ध नेपाल हुनुपर्ने र त्यसका लागि एमाले चाहिने ओलीले जिकिर गरे ।
एमालेमाथी चौतर्फी हमला
ओलीले एमालेमाथी चौतर्फै हमला भएको बताए । त्यो हमला राजनीतिक र वैचारिक रुपमा भएको ओलीको भनाइृ थियो ।
‘यतिवेला हामीमाथी चौतर्फी हमला भएको छ । वैचारिक हमला भएको छ, अरु पन िहमला भएको छ । हाम्रो विचार, संगठनमाथी हमला भएको छ । एमालेको महाधिवेशनमा झण्डा देखियो, ब्यानर देखियो भनेर छाती पिटछन् फिरिङगीहरु यो हाम्रो विद्धको हमलाको विभिन्न रुप हो ।’
एमाले महाधिवेशनमा ओलीको महिमामण्डन गरेको भन्दै ब्यक्तिकेन्द्रीत गर्ने प्रयास भएको भनी आलोचना भईरहेकोमा भने ओलीले वताउ गरे । उनले भने,–‘हामी ब्यक्ति पुजक होइन, मुर्ति पुजक होइनौं । हामी कमिटि प्रणालीमा विश्वास गछौं, सामुहिकतामा विश्वास गछौं । छलफलहरुमा विश्वास गछौं । त्यसवाट आएका निश्कर्ष आधारित भएर नयाँ आवाधिक निश्कर्षहरु निकाल्छौं । सामुहिक प्रयास गछौं ।’
एमाले चक्र चलाएर मुलुकमा पहिलो पार्टी नभएको पन िवताए । उनले सवैको सामुहिक प्रयासले जितेको पनि वताए ।
‘कसैले चक्र चलाएर नेपाल जितिने होइन, हामी सवैको साझा आन्दोलनवाट देशमा परिर्वतन ल्याउन सक्छौं । यो कुरा एमालेले जति कमसेकम अरुले वुझेका छैनन । एमालेले अरुले भन्दा वढी वुझेको छ । तर यसको अर्थ नेतृत्वको वरिपरि आन्दोलन गोलवद्द हुदैनन भन्ने होइन ।’ ओलीले भने ।
मेरो नेतृत्वको सरकारमाथी जहिल्यै हमला
ओलीले आफुले नेतृत्व गरेको दुवै पटकका सरकार गिराउन उधमै भएर षडयन्त्र गरिएको बताए । उनले भने,–‘पहिलो पटक मेरो नेतृत्वको सरकारले चिनसगा परवाहान सम्झौता गरेपछि नाकावन्दीको सामना गरेपछि उधुम खोइरो खन्ने काम भयो, ुखइलाउने कोसिस भयो । यति निकाम्वा सरकार हुदैन भन्ने हल्ला चलाइयो । पछिल्लो पटक चुनावी तालमेल गरेर, पार्टी एकता गरेर सुढृढ बनायौं । मानव अधिकारका ठूला कुरा मात्र गरेनौं हामीले । हाम्रा छोराछोरीले खाते भनेर बस्न नपरोस भनेर उद्दार गर्ने काम गरयौं । जेष्ठ नागरिकको ब्यवस्थापनको प्रवन्ध मिलायौं । भीम मग्गा भएर हिडन नपरोस भन्ने सम्मको ब्यवस्था गरयौ ।’
विकृत मान्छेले पार्टीमाथी वन्चरो प्रहार
कुन्ठाग्रस्त मान्छेको विकृत मानसिकताका कारण आन्दोलन र पार्टीमाथी वन्चरो प्रहरा गरेको ओलीले बताए । १९ पृष्ठ लामो झुटको पुलिन्दा ले आरोपित पार्ने प्रयास गरेको ओलीले बताए । तीन महिनामा एकता गर्ने भनेपनि तीन वर्षमा पन िएकता हुन नसकेको ओलीले वताए ।
एकताको वाटो छोडेर सत्ता गुटवन्दीको बाटोबाट पार्टी र सरकारलाई सिध्याउने षडयन्त्र पनि भएको ओलीले बताए । उनले एमाले अहिले पनि जस्ताको तस्तै वचाएर ल्याएको वताए ।
अहिलेसम्मकै ठूलो सहभागिताको वन्दशत्र
ओलीले एमालेको विधान महाधिवेशनको वन्द सत्र अहलिेसम्मकै नेपालका राजनीतिक पार्टीहरुको भन्दा ठूलो सहभागिताको वन्द शत्र भएको जिकिर गरे । उनले भने,- यो उदघाटन सत्र होइन, बन्द शत्र हो । यति ठूलो संख्यामा वन्द शत्र कुनै पनि पार्टीले गरेको छैन ।’ वन्दशत्र भब्यता र सफलताको साथ सफल भएको भन्दै ओलीले समयमै वन्दसत्र सकिएकोमा खुसी पनि मनाए । यसलाई उनले पार्टी आन्दोलनको परिचय भएको वताए ।

















बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ
Prohibitory order continues in Gaur
HoR elections: 20k publicity materials violating code of conduct removed
एमाले-कांग्रेस परित्याग गरेकालाई प्रचण्डले भित्र्याए
11 days to HoR elections: Voter education program continues in 6,743 wards
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
प्रतिक्रिया