प्रदेश २ का मुख्यमन्त्री राउतले विश्वासको मत लिंदै
मेरोन्यूज
२०७८ असोज २० गते ९:१७

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिंदैछन् । उनले बुधबार बिहान ११ बजे प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) फुटेपछि उनले विश्वासको मत लिन लागेका हुन् । तर मुख्यमन्त्री राउतले विश्वासको मत पाउने निश्चित छ । कुल १०४ जना सांसद रहेको प्रदेश २ मा सत्तारुढ जसपाका ३९, नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका १३ र नेकपा माओवादी केन्द्रका ८ जना गरी ७९ जना सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएका छन् ।
मुख्यमन्त्री राउतलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १६, नेकपा एमालेका ८ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसदले विश्वासको मत दिने छैन्न ।
सम्बन्धित

















पाक–अफगान सीमा तनाव चुलियो
यामाहा ब्लु स्ट्रिक्सको जर्सिङपौवा राइडमा ३५ जना राइडर सहभागी
नेप्से परिसूचकमा २७ अंकको गिरावट
चितवन–३ मा कस्तो छ चुनावी माहोल ?
छायाँनाथ रारा नगरपालिकामा श्रम बैंक
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ
प्रतिक्रिया