सन्दर्भः प्रहरी दिवस
नेपालको पहिलो महिला प्रहरी चैतमायालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’
पूर्वआईजी तथा एआईजीलाई अवार्ड दिने परम्परा तोडियो

काठमाडौं । नेपाल प्रहरीले पहिलो महिला प्रहरी चैतमाया डंगोललाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ६६औं प्रहरी दिवसका अवसरमा बुधबार डंगोललाई उक्त अवार्ड प्रदान गरेका हुन् ।
काठमाडौं महानगरपालिका–७ स्थित चावहिलकी डंगोल नेपाल प्रहरीकी पहिलो महिला प्रहरी सहायक निरीक्षक हुन् । ११ असार २००८ मा प्रहरी जवानमा भर्ना भएर डंगोलले असईबाट अवकाश पाएकी थिइन् ।
महिला प्रहरीलाई प्रतिनिधित्व गरेर गौरवशाली इतिहास रचेकी डंगोलले ३१ वर्ष ७ महिना सेवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
विगतका प्रहरी दिवसमा उच्च तहमा रहेर काम गरेका पूर्वअधिकारीलाई मात्र दिइँदै आएको यस्तो सम्मानको परम्परा तोड्दै प्रहरी महानिरिक्षक (आईजी) शैलेश थापा क्षेत्रीले डंगोललाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिएका हुन् ।
यसअघि प्रायः पूर्वआईजी तथा एआईजीसहित उच्च अधिकारीले मात्र यो अवार्ड हात पार्दै आएका थिए ।
को हुन् चैतमाया ?
विक्रम संवत २००८ साल असार ११ गते कन्स्टेबलका रूपमा प्रहरी सेवामा प्रवेश गरेकी डंगोलले २०३९ सालमा प्रहरी सहायक निरीक्षक पदबाट अवकाश लिएकी थिइन् ।
उनले नेपाल प्रहरीमा ३१ वर्ष ७ महिना २२ दिन सेवा गरेकी थिइन् । उनी अहिले ८९ वर्ष पुगेकी छिन् । ८९ वर्ष लागेकी चैतमाया डंगोल चाबहिल गणेस्थान नजिकै बस्ने व्यापारिक पृष्ठभूमिका कान्छा डंगोल र तरिमाया डंगोलकी जेठी छोरी हुन् । आमाबुबाका सात सन्तान मध्ये सबैभन्दा जेठी उनको १०–१२ वर्षका उमेरमा विवाह भएको थियो ।
परिवारको चाहनाविपरित प्रहरी सेवामा प्रवेश गरेकी चैतमाया नेपालको प्रथम महिला प्रहरीका रुपमा परिचित छिन् । तत्कालिन प्रहरी प्रमुख नरशमशेर जबराको पालामा केही महिला नेतृहरुको सुझाव र साथीहरुको लहलहैमा लागेर चैतमायालाई झुक्याएर प्रहरीमा भर्ना लिइएको बताइन्छ ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघको कार्यालयमा लैजाने भन्दै तत्कालीन कांग्रेसका काठमाडौंका नेताहरूले उनलाई प्रहरीमा जागिर लगाइदिएका हुन् । त्यतिबेला नेपाल प्रहरीमा महिलाका लागि २५ दरबन्दी तोकिएको थियो । तर, चैतमायासँगै १२ जनामात्र प्रहरीमा भर्ना भएका थिए ।
उनले लामो समय असईको जागिर नखाई वि.सं. २०३९ सालमा अवकाश लिइन् । केही समय सेवामा रहेको भए प्रहरी नायब निरीक्षक (सई) बन्ने पक्का थियो । तर उनले अचानक राजीनामा दिएकी थिइन् ।
उनले हाल निवृत्तिभरणस्वरुप १८ हजार रुपैयाँ बुझ्दै आएकी छन् । उनले जागिर खाँदा २५ महिलाको दरबन्दीलाई ३०–३० रुपैयाँ दिइन्थ्यो ।

















इरानमा आक्रमणकाे विराेध गर्दै चिनिया विदेशमन्त्रीकाे इजरायलका विदेशमन्त्रीलाई फाेन
निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
आजको मौसम कस्ताे छ ?
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
खामेनीको मृत्युले विश्व तरंगित
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
प्रतिक्रिया