आश्विन २५ गते तपाईको राशीफल
काठमाडौ । आज २०७८ साल आश्विन महिनाको २५ गते सोमबार । आश्विन शुक्लपक्षको पञ्चमी तिथि, उप्रान्त षष्ठी तिथि । आज नवरात्रअन्तर्गत षष्ठी तिथि भएकाले विल्व निमन्त्रण गर्ने दिन तथा आज पचली भैरवयात्रा हुने गर्दछ ।
मेष
पारिवारिक जीवनमा सुमधुरता छाउने छ । यात्रारत हुनु पर्ने छ । पेशागत क्षेत्रमा सन्तोषजनक उन्नति, प्रगति हुने छ । साथै आफू पनि पेशाप्रति केन्द्रीत हुने स्वाभावको हुने छ । बोलीमा भने कडापना देखा पर्ने हुँदा विचार पु¥याउनु होला ।
वृष
मिष्ठान्न भोजनको अवसर जुट्ने छ । पेशागत भूमिकाको कदर हुनेछ । पेशागत जीवनबाट लाभ मिल्ने छ । भित्री निर्णय क्षमतामा गिरावट आउने छ । मनमा दुविधाका क्रम पनि कायम नै रहने छ । रिस नियन्त्रणमा ध्यान दिनु पर्ने देखिन्छ ।
मिथुन
मिठो बोली हुने छ । धन सम्पत्तिमा वृद्धि हुने छ भने पेशागत जीवनमा केही चुनौतीको सामना गर्नु पर्ने छ । भाग्यको साथ रहेको छ । सन्तानप्रति वा सन्तानका बारेमा समर्पित हुन मन लाग्ने छ । बाठो खालको व्यक्तित्व हुने छ ।
कर्कट
पेशागत जीवनमा चुनौतीसँग जुध्नु पर्ने हुन्छ । खर्चको मात्रामा बढोत्तरी भएअनुसार आम्दानी नबढ्दा दबाब सृजना हुने छ । मनोबलमा कमी आउने छ । परिवारका सदस्यहरुले साथ दिने भएकाले कठिन घडीमा जुध्न मद्दत मिल्ने छ ।
सिंह
आम्दानीको हकमा केही वृद्धि हुन जानेछ । आम्दानी बढाउन बोली प्रभावले साथ दिने छ । यात्राको अवसर मिल्ने छ । प्रतिस्पर्धात्मक स्वाभाव हुने छ । पेशागत जीवनमा धेरै सोच विचार गरेर मात्र पाइला चाल्नु पर्ने समय सक्रिय छ ।
कन्या
परिवारप्रति केन्द्रीत हुन मन लाग्ने छ । आफ्ना सपना, लक्ष्य तथा प्राप्ति परिवारप्रति समर्पित गराउन मन लाग्ने छ । बोलीमा नरमपना खालको हुने छ । पेशागत जीवन स्थिर हुने छ । आम्दानीमा वृद्धि हुने छ भने पैतृक सम्पत्तिबाट लाभ मिल्ने छ ।
तुला
शितल प्रकृतिको व्यक्तित्व बन्ने छ । भाग्य बलियो रहेको छ । आम्दानीमा केही वृद्धि हुन पुगेता पनि पेशागत जीवनमा अस्थिर हुने छ । बोलीमा कटुताका क्रम आउँदा अरुले त्यति राम्रो मान्ने छैनन् ।
वृश्चिक
बोलीका कारण कामहरु बिग्रने छन् । मनमा उदासिनताले सताउने छ । नकारात्मक विचार र धारणालाई नियन्त्रित गर्न हरदम प्रयास गर्नु होला । यात्रामा कठिनाई उत्पन्न हुने छ । पेशागत जीवनमा स्थिरता रहने छ भने आम्दानीमा निरन्तरता रहने छ ।
धनु
पेशागत जीवनमा उतारचढाव आउने छ । आम्दानीमा चुनौती देखिन्छ । धेरै जोखिमभन्दा औसतको यात्रा नै यतिखेर उत्तम हुने देखिन्छ । जीवन साथीको साथले आँट र भरोसा आउने छ ।
मकर
जीवन साथीको साथ र सहयोगले पेशागत जीवनमा ठूलो मद्दत मिल्ने छ । साझेदारीमा गरिएका कामहरुमा गम्भीर खालका समस्या देखा पर्ने छन् । सहयोगी र सामाजिक व्यक्तित्व हुने छ । तर व्यक्तित्वमा कडापना उत्तिकै हुने भएकाले गरेका कामको उचित कदर कम नै पाइने छ ।
कुम्भ
पारिवारिक जीवनमा उचित कदर हुने छ । बौद्धिक व्यक्तित्व बन्दा बन्दै पनि अलि अव्यवहारिकपना आउने भएकाले यसबारेमा ध्यान दिनु होला । भाग्यको साथ रहेकाले अरुले सकारात्मक मूल्यांकन गर्ने छन् । पेशागत जीवन औसत रहने छ ।
मीन
आम्दानीमा गिरावट आउने छैन् । स–साना उल्झनका कारण समय खेर जाने छ । भाग्यहिनताको अनुभूतिले निरन्तर पछ्याउने छ । पारिवारिक द्वन्द्वका कारण भेटघाटहरु नमिठा बन्ने छन् । मनमा अशान्तिले सताउने छ । पेशागत जीवन औसत खालको रहने छ ।
















ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
अमेरिकी सेनाद्वारा हर्मुज जलडमरूमध्य खोल्ने प्रयास, इरानसँग तनाव बढ्दै
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया