गृहमन्त्री बालकृष्ण खाण र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग डेलिकेशन अफ दी युरोपियन युनियन टु नेपालकी राजदूत नोना डिप्रेजले शिष्टाचार भेटघाट गरेका छन् ।
गृह मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री खाणले नेपालका लागि राजदूत भएर आएकोमा डिप्रेजलाई स्वागत गर्नुभयो । उहाँले नेपाललाई युरोपियन युनियनले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा नेपाल सरकारले गरेको बताए ।
‘नेपाललाई अहिलेसम्म युरोपियन युनियनले गरेको सहयोगका लागि धन्यवाद छ । आगामी दिनमा पनि यस्तै सहयोग रहिरहने छ भन्ने अपेक्षा नेपाल सरकारको छ,’ मन्त्री खाणले भने, ‘नेपाल सरकार युरोपियन युनियनसँग संगै काम गर्न तयार छ ।’ युरोपियन युनियनले लैंगिक समानता, शिक्षामा सहज पहुँच र वातावरणीय प्रभावका क्षेत्रमा नेपालमा काम गरिरहेको छ ।
राजदूत डिप्रेजले विपद्को क्षेत्र हरियाली जोगाउन र संघीयतालाई स्थायित्व दिन सहयोग गर्न चाहेको बताएका थिए ।









एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया