आजको राशिफल : आश्विन २८ गते बिहीबार
आज २०७८ साल आश्विन महिनाको २८ गते बिहीबार, आश्विन शुक्लपक्षको नवमी तिथि । आज नवरात्रअन्तर्गत महानवमी रहेको छ । आज नवदूर्गाको बिधिपूर्वक पूजा गर्ने गरिन्छ ।
मेष
यात्रा सफल हुने छ । परिवारमा मधुरता छाउने छ । मनोरञ्जन गर्न पाइने छ । आर्थिक दबाब भने झेल्नु पर्ने छ ।
वृष
परिवारमा स–साना बिषयमा पनि विवादको अवस्था आउने छ । मनमा उदासिनताले सताउँदा खिन्नता छाउने छ । यात्रामा कठिनाइ हुने छ ।
मिथुन
अरुको सहयोगमा कठिनाईहरु झेल्न मद्धत मिल्ने छ । सामाजिक सोचाई हुने छ । मनमा भने उदासिनताले सताउने छ ।
कर्कट
खर्च धेरै हुने तर आम्दानीको सीमितताले गर्दा दबाबको अवस्था आउने छ । परिवारको साथले कठिनाईसँग जुध्न मद्धत मिल्ने छ ।
सिंह
भाग्य बलिायो भएका कारण सबैले कदर गर्ने छन् । अरुलाई सहयोग गरौँ गरौँ जस्तो भावना मनमा आउने छ । भोग विलासी हुन मन लाग्ने छ ।
कन्या
अरुले विश्वास प्राप्त हुने छ । सामाजिक काम गर्ने अवसर र कदर प्राप्त हुने छ । भाग्यले साथ दिएकाले बोली प्रभावकारी हुने छ ।
तुला
आर्थिक नोक्सानी हुने छ । प्रेममा सफलता प्राप्त हुने छ । दाम्पत्य जीवनमा पनि मधुरता आउने छ । यात्रामा सहजता हुने छ ।
वृश्चिक
मन उदास हुने छ । निर्णय क्षमतामा गिरावट आउँदा चाहिँदो विषयमा पनि निर्णय लिन कठिन हुने छ । आर्थिक क्षति व्योहर्नु पर्ने छ ।
धनु
भोजमा मन रम्ने छ । मनोरञ्जनात्मक गतिविधिमा सहभागि हुन पाइने छ । परिवारमा मिलन हुने छ भने आर्थिक लाभ मिल्ने छ ।
मकर
बिबादमा फस्ने अवस्था आउने छ । बोलीको प्रभाव कमजोर बन्ने छ । परिवारमा विश्वासको वातावरण कम हुने हुँदा द्वन्द आउने छ ।
कुम्भ
परिवारबाट टाढा भएको आभाष हुँदा नरमाइलो लाग्ने छ । आर्थिक रुपमा सन्तुलन कायम हुने छ । मनमा खिन्नता कायम रहने छ ।
मीन
साथिभाइले मद्धत गर्ने छन् । यात्रामा मद्धत मिल्ने छ । स्वास्थ्यमा भने खरावी आउँदा कठिनाई सामना गर्नु पर्ने छ । बिबादबाट बच्नु होला ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया