आजको राशिफल : आश्विन २८ गते बिहीबार
आज २०७८ साल आश्विन महिनाको २८ गते बिहीबार, आश्विन शुक्लपक्षको नवमी तिथि । आज नवरात्रअन्तर्गत महानवमी रहेको छ । आज नवदूर्गाको बिधिपूर्वक पूजा गर्ने गरिन्छ ।
मेष
यात्रा सफल हुने छ । परिवारमा मधुरता छाउने छ । मनोरञ्जन गर्न पाइने छ । आर्थिक दबाब भने झेल्नु पर्ने छ ।
वृष
परिवारमा स–साना बिषयमा पनि विवादको अवस्था आउने छ । मनमा उदासिनताले सताउँदा खिन्नता छाउने छ । यात्रामा कठिनाइ हुने छ ।
मिथुन
अरुको सहयोगमा कठिनाईहरु झेल्न मद्धत मिल्ने छ । सामाजिक सोचाई हुने छ । मनमा भने उदासिनताले सताउने छ ।
कर्कट
खर्च धेरै हुने तर आम्दानीको सीमितताले गर्दा दबाबको अवस्था आउने छ । परिवारको साथले कठिनाईसँग जुध्न मद्धत मिल्ने छ ।
सिंह
भाग्य बलिायो भएका कारण सबैले कदर गर्ने छन् । अरुलाई सहयोग गरौँ गरौँ जस्तो भावना मनमा आउने छ । भोग विलासी हुन मन लाग्ने छ ।
कन्या
अरुले विश्वास प्राप्त हुने छ । सामाजिक काम गर्ने अवसर र कदर प्राप्त हुने छ । भाग्यले साथ दिएकाले बोली प्रभावकारी हुने छ ।
तुला
आर्थिक नोक्सानी हुने छ । प्रेममा सफलता प्राप्त हुने छ । दाम्पत्य जीवनमा पनि मधुरता आउने छ । यात्रामा सहजता हुने छ ।
वृश्चिक
मन उदास हुने छ । निर्णय क्षमतामा गिरावट आउँदा चाहिँदो विषयमा पनि निर्णय लिन कठिन हुने छ । आर्थिक क्षति व्योहर्नु पर्ने छ ।
धनु
भोजमा मन रम्ने छ । मनोरञ्जनात्मक गतिविधिमा सहभागि हुन पाइने छ । परिवारमा मिलन हुने छ भने आर्थिक लाभ मिल्ने छ ।
मकर
बिबादमा फस्ने अवस्था आउने छ । बोलीको प्रभाव कमजोर बन्ने छ । परिवारमा विश्वासको वातावरण कम हुने हुँदा द्वन्द आउने छ ।
कुम्भ
परिवारबाट टाढा भएको आभाष हुँदा नरमाइलो लाग्ने छ । आर्थिक रुपमा सन्तुलन कायम हुने छ । मनमा खिन्नता कायम रहने छ ।
मीन
साथिभाइले मद्धत गर्ने छन् । यात्रामा मद्धत मिल्ने छ । स्वास्थ्यमा भने खरावी आउँदा कठिनाई सामना गर्नु पर्ने छ । बिबादबाट बच्नु होला ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८















नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण
कान्तिपुरका प्रधान सम्पादक उमेश चौहानले दिए राजीनामा
वन मन्त्रालयमा ‘जेड्सी’ कार्यान्वयन
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
Three killed in separate incidents
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
प्रतिक्रिया