राष्ट्रिय फुटबल खेलाडीलाई जनही ५ लाख दिने सरकारको निर्णय
मेरोन्यूज
२०७८ कार्तिक १ गते १७:३४

काठमाडौँ । साफ च्याम्पियनसिपमा उपविजेता भएको राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडीहरूलाई जनही ५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।
यस्तै, प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ प्रदान गर्ने सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले ऐतिहासिक सफलता हात पार्दै पहिलोपटक फाइनल पुगेको थियो ।
तर, फाइनलमा भारतसँग ३–० गोलले पराजित भएको नेपाल उपविजेता बनेको हो । नेपाली टोली आज मात्रै स्वदेश फर्किएको थियो ।
सम्बन्धित









बुधबार ९ अंकले बढ्यो नेप्से, काराेबार रकम कति ?
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
यस्ता छन् नवनियुक्त मुख्यसचिवका २५ बुँदे प्राथमिकता
विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्दै चितवन
एनपीएलमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
छुटे दुर्गा प्रसाईं
प्रतिक्रिया