बाढी पीडितको उद्धारमा जुट्न प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका विभिन्न क्षेत्रमा भारी वर्षापछि आएको बाढी पहिरो र डुबानबाट प्रभावितको तत्काल उद्धार र राहतको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
मंगलबार बिहान प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँडलाई सो निर्देशन दिएका हुन् । त्यसपछि गृहमन्त्री खाँडले विपद्को जोखिम कम गर्न र विपद्जन्य घटनाबाट मानिसको जीउ ज्यानको सुरक्षा गर्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।
उनले उद्धार तथा राहत कार्यमा कुनै कमी हुन नदिई काम गर्न सबै सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन दिएका थिए । गृहमन्त्रीको निर्देशनसहित राहत तथा उद्धार कार्यका लागि मन्त्रालयबाट पूर्ण सहयोग रहने आश्वासन आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए ।
सुरक्षा निकाय र प्रभावित जिल्लाका सम्बद्ध स्थानीय प्रशासनहरु विपद् व्यवस्थापन कार्यमा जुटेका छन् । विभिन्न जिल्लामा मानिसहरु फसेको क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धारको अनुरोध आएको र सोही मागअनुसार आवश्यक प्रक्रिया अघि बढाइएको प्राधिकरणका प्रमुख पोखरेलले जानकारी दिए ।
उनका अनुसार यही असोज ३१ गतेदेखि मुलुकभर मौसम बदली भई नेपालको पश्चिम क्षेत्र बढी प्रभावित बनाएको छ । सेती, महाकाली, कर्णाली, पश्चिम राप्तीलगायत ठूला र तिनका सहायक नदीमा बाढी आएको छ ।
विपद्का कारण डडेल्धुरा र कालीकोटमा एक÷एकजनाको मृत्यु र एक÷एकजना घाइते भएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकामा २०० घर डुबानमा परेका छन् । सोही क्षेत्रका बासिन्दाको उद्धार प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।
महाकालीको बहाव उच्च रहेको र आसपासका क्षेत्रका जोखिम बस्तीका मानिसलाई सुरक्षित ठाउँमा सारिएको प्राधिकरणकाप प्रमुख पोखरेलले बताए । बझाङको एक गाउँपालिकाको प्रहरी कार्यालय नै डुबानमा परेको र प्रहरी सुरक्षित ठाउँमा सरेका जनाइएको छ ।
कर्णालीको बहाव बढेपछि बर्दियाका केही तटीय क्षेत्रका मानिस प्रभावित भएका छन् । प्राप्त विवरणअनुसार बेनी–मुस्ताङ, डोटीको भीमदत्त राजमार्ग, अछामको चौखुट्टे–अछाम–बाजुरा सडकखण्ड, बझाङको जयपृथ्वी राजमार्ग, बाजुराको मार्तडी–कोल्टी र साँफे–मार्तडी सडक बाढी पहिराका कारण अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ । भोलिसम्म नै वर्षाको सम्भावना रहेकाले सुरक्षित भएर बस्न मन्त्रालयले स्थानीय नागरिकमा अनुरोध गरेको छ ।
विभिन्न क्षेत्रमा काटेर राखेको धान नै वर्षा र बाढीले डुबाएको छ । भित्रिने बेलाको धानमा क्षति पुगेपछि किसान नराम्ररी प्रभावित भएका छन् । हाल बङ्गालको खाडी र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ ।
आज पनि सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ का केही स्थान, प्रदेश २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा वाग्मती प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।









‘जेरी अन टप’ले मनायो ५१औँ दिन, अहिलेसम्मको कमाइ कति ?
गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण
PM Karki seeks former President Bhandari’s support on election bid
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
प्रतिक्रिया