गुप्तचरको अधिकृत बनाइदिन्छु भन्दै लाखौं ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)को अनुसन्धान अधिकृत पदमा जागिर लगाईदिन्छु भन्दै लाखौं ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा जिल्ला सुरुङ्गा कनकाई न।पा ३ घर भई हाल काठमाडौँ चावहिल बस्ने ३५ बर्षीय निलम भट्टराई रहेका छन् । भट्टराईलाई महाशाखाको टोलीले मंगलबार सुर्खेतको विरेन्द्रनगरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका भट्टराईले तनहुँ शुक्लागण्डकीकी दुर्गा पौडेल न्यौपानेलाई आफू राष्ट्रिय अनुसन्धान विभागको उच्च अधिकारी र नेपाल टेलिभिजनको पत्रकार समेत भएको र आफ्नो पहुँच गृह मन्त्रालयको उच्च अधिकारीहरूसँग रहेको भन्दै झुक्याएको महाशाखाले जनाएको छ ।
महाशाखा अनुसार आफ्नो पहुँच माथिसम्म रहेको भन्दै उनले पौडेललाई गुप्तचरमा जागिर लगाइदिन सक्छु तर जागिर खान पन्ध्र लाख रुपैयाँ लाग्छ भनी प्रलोभनमा पारेर पटकपटक गरी चौध लाख पचास हजार रुपैयाँ लिएर फरार भएका थिए ।
पक्राउ परेका भट्टराईलाई थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बुधबार महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँमा पठाइएको महाशाखाले जनाएको छ ।









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
प्रतिक्रिया