आजको राशिफल : कार्तिक ४ गते बिहीबार
आज २०७८ साल कार्तिक महिनाको ४ गते बिहीबार, कार्तिक कृष्णपक्षको प्रतिपदा तिथि ।
मेष
आर्थिक रुपमा तनाव र दबाब झेल्नु पर्ने छ । मनमा भविष्यप्रतिको चिन्ता आवश्यकता भन्दा बढि आउँदा उदासिनता बढ्ने छ । पेशागत जीवनमा अवरोधहरु कायम रहने छन् । प्राकृतिक प्रकोपको सामना गर्नु पर्ने छ ।
वृष
परिवारका सदस्यहरुबीचकोे समझदारीले कठिनाईहरुसँग जुध्न ठुलो मद्धत मिल्ने छ । आर्थिक सन्तुलन कायम हुने छ । बिरोधको सामना गर्नु पर्ने छ । तर मित्रहरुको साथले निराकरण पनि प्राप्त हुने छ । यात्रामा कठिनाईहरु सामना गर्नु पर्ने छ । पेशागत जीवन सकारात्मक देखिन्छ ।
मिथुन
मनोबलमा बृद्धि हुने सँगै आक्रामक स्वाभाव पनि बन्ने भएकाले यसबारेमा ध्यान दिनु होला । पेशागत जीवनमा शुभता बृद्धि हुने छ । तर अफिसियल्ली अनावश्यक विवादका कारण तनाव भने उत्पन्न हुने छ ।
कर्कट
पेशा तथा ब्यापार प्रति भने लगाव रहने बानी कायम रहने छ । प्राकृतिक प्रकोपबाट सजग रहनु होला । तामसि भोजनप्रतिको मोहले अपमान निम्त्याउने छ । झैझगडा र मनमुटावको अवस्था आउने छ । घर परिवारमा पनि अशान्ति र कलहको वातावरण हुने छ ।
सिंह
पेशागत जीवनमा सफलता मिल्ने छ, कदर हुने छ । भाग्यले साथ दिएकाले शुभताहरु बृद्धि हुने छन् । यात्रामा भने कठिाईको सामना गर्नु पर्ने छ । बोलीको प्रभाव बढ्ने हुँदा अरुले विश्वास गर्ने छन् । परिवारको साथ मिल्ने छ ।
कन्या
खर्च बढ्न जाने छ भने आम्दानीमा गिरावटको क्रम रोकिने छैन् । आर्थिक सन्तुलन खल्बलिने छ । जीवनसाथिको साथले भरथेग हुने छ । पेशागत जीवन औसत खालको रहने छ । कर्मशिलतामा बृद्धि भए तापनि त्यसको नतिजा सन्तोषजनक गरि मूल्यांकन नहुँदा मनमा उदासिनता आउने छ ।
तुला
जीवनसाथिको भने साथले राहत मिल्ने छ । आर्थिक रुपमा खर्च धेरै हुने र आम्दानी कम हुँदा सन्तुलनमा कठिनाई आउने छ । अपमान सहनु पर्ने वा भोग्नु पर्ने भएकाले कम बोल्ने वा झमेलामा नपर्नु नै बुद्धिमानी हुने छ । पारीवारिक जीनमा कलह र झैझगडाको अवस्था आउने छ ।
वृश्चिक
भविष्य प्रतिको चिन्ताले मनमा बढि नै सताउने हुँदा वर्तमान खल्लो हुन जाने छ । आर्थिक जीवनमा केही सुधार आउने छ । सकारात्मक दृष्टिकोण भन्दा नकारात्मक दृष्टिकोणले मनमा घेर्ने छ ।समय प्रतिकुल रहेकाले विचार गरेर मात्र कदम चाल्नु होला ।
धनु
सामाजिक रुपमा सक्रिय हुन मन लागे तापनि कदर कम हुन जाँदा खिन्न बनाउने छ । निन्द्रामा समस्या देखिने छ । आम्दानी सोचे जस्तो बृद्धि नभए पनि गिरावट पनि आउने छैन् । ब्यापार विजनेशमा नयाँ उत्साहको लहर आउने छ । जीवनसाथिको साथले आँट र भरोषा प्राप्त हुने छ ।
मकर
प्राकृतिक प्रकोपप्रति सजग रहनु होला । आफ्नो पेशाप्रति लगाव कम हुने छ । द्वन्दको सामना गर्नु पर्ने भएकाले संयमित रहनु होला । तामसी भोजनमा मन जाने छ । साथिभाइहरुसँग झैझगडा तथा कटुता उत्पन्न हुने छ । ब्यापार विजनेशमा नोक्सानी व्योहर्नु पर्ने छ ।
कुम्भ
जीवनसाथिको साथले पेशागत जीवनमा उन्नति हुने छ । बोलीमा भने केही संयमित रहनु ठिक हुने छ । अपेक्षाकृति सरसहयोग प्राप्त हुने छ । आँटेका कामहरु पुरा हुने वातावरण तयार हुने छ । आर्थिक रुपमा सन्तोष प्राप्त हुने छ भने पेशागत जीवन पनि सन्तुलित रहने छ ।
मीन
पेशागत जीवनबाट सन्तोष प्राप्त हुने छ । आम्दानीमा केही बृद्धि हुने छ । मनोबल उच्च हुँदा हुँदै पनि मनमा उदासिनताले छोड्ने छैन् । यात्रामा कठिनाई भोग्नु पर्ने छ । सामाजिक जीवनमा आलोचना र द्वन्द निम्तिने छ ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया