इण्डोनेशियासँग नेपाल २–० ले पराजित
मेरोन्यूज
२०७८ कार्तिक ५ गते २०:३६

काठमाडौं । तेइस वर्षमुनीको नेपाली राष्ट्रिय फुटबल टोली इन्डोनेसियाको यु–२३ टोलीसँग पराजित भएको छ ।
एएफसी यु–२३ एसियन कप छनोटको तयारी स्वरुप ताजिकिस्तानमा शुक्रबार साँझ भएको खेलमा नेपाल २–० ले पराजित भएको हो ।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफको ५० मिनेटमा र इन्ज्यूरी समयमा गरी दुई गोल खाएको थियो ।
एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् ।
नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा तथा दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा खेल्दैछ ।
समूहको अन्तिम खेल भने नेपालले लेबनानसँग अक्टोबर ३१ मा खेल्ने छ ।
उत्कृष्ट चार टोलीले एएफसी यु–२३ एसियन कप खेल्ने मौका पाउनेछन् ।
सम्बन्धित


















गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः बलामी
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया