मोहन वैद्यको स्वास्थ्यमा सुधार, डिस्चार्ज गर्ने तयारी

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्यमा सुधार भएको छ । एकसाताअघि अस्पताल भर्ना गरिएका वैद्य बोल्न सक्ने र आफै खानासमेत खान थालेका छन् ।
स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गर्ने तयारी भएको वैद्यपत्नी सुष्मा वैद्यले बताइन् । उनलाई आइतबार डिस्चार्ज गर्ने तयारी भइरहेको उनले जानकारी दिइन् ।
लामो समयदेखि नै दमरोगबाट पीडित वैद्यलाई दम बढेपछि गत शनिवार साँझ काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका वैद्यको सवै छाती लगायतका सबै परीक्षणहरु राम्रो आएको परिवारले जनाएको छ ।
वैद्यको स्वास्थ्य अवस्था बुझ्न भन्दै उपराष्ट्रपति नन्दबहादुर पुन, गृहमन्त्री बालकृष्ण खाँण, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरु नर्भिक अस्पताल पुगेका थिए ।

















भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
प्रतिक्रिया