अमेरिकाले अनुदानमा उपलब्ध गराएको फाइजर खोप नेपाल आइपुग्यो
मेरोन्यूज
२०७८ कार्तिक ८ गते १०:३०

काठमाडौँ । अमेरिकाले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरस कोभिड-१९ विरुद्धको १ लाख ६२० डोज खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मार्फत उपलब्ध गराइएको फाइजर खोप आज कतार एअरवेजको विमानमार्फत् नेपाल आइपुगेको हो ।
अमेरिकाले नेपाललाई यसअघि १५ लाखभन्दा बढी डोज जोन्सन एन्ड जोन्सन खोप दिएको थियो । फाइजर खोप १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । एक महीनाको अवधिमा दुई डोज लगाउनुपर्ने फाइजर खोप ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानबाट पुष्टि भएको छ ।
सम्बन्धित










मौन पीडामा रहेकी कालिमायाको याचना …
राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट
कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस
कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन
सभामुख घिमिरेसँग चिनियाँ राजदूतले गरे बिदाई भेट
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया