विकास आयोजनामा कर्मचारी र बजेटको अभाव

काठमाडौँ । विकास निर्माणका आयोजनालाई दिगो बनाउन राष्ट्रिय सतर्कता केन्द्रले शुरु गरेको प्राविधिक परीक्षणका लागि बजेट एवं प्राविधिक कर्मचारीको अभाव भएको छ ।
२०७६ असारदेखि प्राविधिक महाशाखा प्रमुखसमेत रिक्त रहनुका साथै प्राविधिक कर्मचारी अभाव हुँदा विकास निर्माणका आयोजना गुणस्तरीय भए भएनन् भनी परीक्षण गर्न असहज भएको केन्द्रका प्रवक्ता ज्ञानराज सुवेदीले जानकारी दिए ।
केन्द्रको प्राविधिक महाशाखाका लागि पाँच जना प्राविधिक उपसचिवको दरबन्दी भए पनि लामो समयदेखि दुई जनाका भरमा काम चलाउनु परेको छ । प्राविधिक महाशाखामा तोकिएको दरबन्दीको आधा संख्यामा मात्र इञ्जिनीयर कार्यरत रहेका छन् । केन्द्रले राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त गरी नं १ मा परेका आयोजनाको प्राविधिक परीक्षण गर्दै आएको छ ।
केन्द्रमा जनशक्ति आउनै नचाहने भएका कारणले काममा समस्या हुने गरेको प्रवक्ता सुवेदीले बताउनुभयो । बल्लबल्ल आएका कर्मचारी पनि छिट्टै सरुवा मिलाएर हिँड्छन् । सरकारले प्रत्येक वर्ष प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा विकास निर्माणका आयोजनाको प्राविधिक परीक्षण बढाउने उल्लेख गर्ने गरिए पनि बजेट भने न्यूनमात्र विनियोजन हुने गरेको सतर्कता केन्द्रको भनाई छ ।
चालु आर्थिक वर्षमा १६ खर्बको बजेट प्रस्तुत गर्दा विकास निर्माणका आयोजनाको प्राविधिक परीक्षणका लागि ८५ लाख रुपैयाँ मात्र बजेट छुट्याइएको छ । जसले गर्दा प्रयाप्त बजेट र जनशक्ति अभाव हुने भएकाले धेरै काम गर्न सकिने अवस्था नरहेको केन्द्रले जनाएको छ । रासस

















HoR elections: Nepal-India border closed for 72 hours since last midnight
कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री
Two days left to go for HoR polls: EC directs monitoring officers to implement code of conducts
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
प्रतिक्रिया