नेपाल प्रहरी भित्र केही सुधारका काम गर्न लागेको छु – गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नियमावली संशोधन गरेर नेपाल प्रहरी भित्र केही सुधारका काम गर्न लागेको बताए ।
बुधवार नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको ‘साफ च्याम्पीयनसिप २०२१, फुटबल टिमका राष्ट्रिय खेलाडीहरुलाई सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम’ लाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले सरकारले नेपाल प्रहरीको संगठन भित्र सुधारको काम गर्न लागेको बताएका हुन् ।
नियमावली संशोधन गरेर भएपनि प्रहरी जवानहरु उत्साहित भएर र आत्मबल बढाएर काम गर्न सक्ने वातावरण बनाउन लागेको उनले बताए । प्रहरी संगठनको तल्लो तहबाट परिवर्तन ल्याउन सरकार लागेको उनले बताए ।
प्रहरीभित्र बढुवा गर्नका लागि थप पद सिर्जना गर्न लागेको उनले जानकारी दिए ।
उनले भने ‘सुरक्षा निकायले पनि, प्रशासनका कर्मचारी र प्रशासनका पदाधिकारीले पनि सबै नेपालीलाई सम्मान गर्नुहोस् । कुनैपनि अफिसमा बसेको अधिकृत वा हाकिमले कुनै नेपालीलाई तँ भन्नै पाइदैनँ । सबैलाई सम्मान । नेपाल प्रहरी र सुरक्षा निकायपनि प्रहरी अधिकृतहरुले पनि सबैलाई सम्मानार्थि शब्द प्रयोग गर्नैपर्ने त्यो हाम्रो निर्देशन जारी भएको छ । समानता व्यवहारमा पनि हुनुप¥यो । स्वतन्त्रता, समानताका हामी पक्षपाति । समान व्यवहार हामी सबैले गर्नुपर्छ । अहिले गृह मन्त्रालय र नेपाल सरकारले नेपाल प्रहरीमा केही परिवर्तन ल्याउन खोजिराखेको छ । तलबाट परिवर्तन ल्याउने कोसिस छ । उनको पनि आत्मबल बढोस् । उनीहरु दिनरात सुरक्षाका लागि खटेका छन्, त्यहाँ कमीकमजोरी होला, ति कमीकमजोरीलाई सुधार्ने हो । तर तिनीहरुपनि नेपाली नागरिक हुन् । नेपाली नागरिक भएको कारणले तिनको पनि सुविधाको लागि, तिनको पनि भविष्यका लागि सोच्ने काम सरकारको हो । त्यो दायित्व पुरा गर्ने कोसिस हामीले गरिरहेका छौँ ।’
गृहमन्त्री खाँणले नेपाली कांग्रेसले सधैभरी खेलाडीहरुलाई सम्मान गर्ने उल्लेख गर्दै अब हुने तिनै तहको निर्वाचनमा सर्वोत्कृष्ट खेलाडीलाई कांग्रेसले उम्मेदवार बनाउने प्रयत्न गर्ने पनि बताए ।
उनले भने ‘नेपाली कांग्रेसले खेलाडीहरुलाई सदैव सम्मान गर्छ । आउने दिनमा प्रयत्न के रहन्छ भने स्थानीय निर्वाचनमा, प्रदेश निर्वाचनमा र प्रतिनिधिसभाको निर्वाचनमा पनि खेलाडीहरुमध्ये सर्वोत्कृष्ट खेलाडीलाई हामीले उम्मेदवार बनाउन सकियोस् भन्ने हाम्रो प्रयत्न छ ।’















Storm induced disasters kill two, injuring six others in Udayapur
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
National Park provides relief to farmers affected by wild animals
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया