१८ औं हस्तकला व्यापार मेला मंसिर ३ गतेदेखि हुने

काठमाडौँ । आगामी मंसिर ३ गतेदेखि ५ गतेसम्म १८औं हस्तकला व्यापार मेला तथा १६औं कला प्रतियोगिता हुने भएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा काठमाडौँको हयात रिजेन्सी होटलमा उक्त मेला आयोजना हुने भएको हो । बिहीबार पत्रकार सम्मेलन गरी मेला आयोजना गर्ने जानकारी दिएको हो । मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने बताइएको छ ।
मेलामा स्वदेशी हस्तकलाका सामग्रीहरुको प्रदर्शनका लागि १२० वटा स्टलको व्यवस्था गरिएको छ । उक्त स्टलहरुको बुकिङ खुला गरिसकिएको छ ।
मेलाका प्रमुख आकर्षणको रुपमा कला प्रतियोगिता अन्र्तगत नेच्यूरल फाईवर (प्राकृतिक रेसा) र फिलगिरी गरी २ वटा विधामा प्रतियोगिता गरिने मेलाका संयोजक उपाध्यक्ष रविन्द्र शाक्यले जानकारी दिए ।
त्यस्तै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रेता तथा बिक्रेतालाई एकै स्थानमा भेला गराउन उपयुक्त वातावरण प्रदान गर्नु, नवोदित उद्यमी ब्यवसायीलाई बजार पहुँचको अवसर प्रदान गर्नु तथा हस्तकला र नेपाल संस्कृतिबीचको सम्बन्धलाई जनमानसमा उजागर गर्नु पनि मेलाको उद्देश्य रहेको छ ।
मेलालाई उद्योग वाणिज्य तथा अपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहयोग रहनेछ । प्रत्येक वर्ष काठमाडौंको भृकुटीमण्डपको हलमा हुँदै आएको मेला यो वर्ष हयात रेजेन्सी होटलमा आयोजना गर्न लागिएको छ । भृकुटीमण्डपको हल पुननिर्माण भइरहेकोले यो वर्ष होटलमा मेला आयोजना गर्न बाध्यता परेको आयोजकले बताएको छ ।

















महेन्द्रनगरमा निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु
हतियारसहित भक्तपुरमा एक जना पक्राउ
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
प्रतिक्रिया