प्रधानमन्त्री देउवा बेलायत प्रस्थान (फोटोफिचर)

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा एक साता लामो भ्रमणका लागि बेलायत प्रस्थान गरेका छन् । भ्रमणमा देउवासहित २० सदस्यीय प्रतिनिधिमण्डल रहेका छन् ।
स्कटल्यान्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी)को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन प्रधानमन्त्रीसहितको टोली बेलायत प्रस्थान गरेको हो । पाँचौपटक प्रधानमन्त्री बनेका देउवा आज बिहान कतार एयरको उडानबाट लन्डन प्रस्थान गरेका हुन् । उनी प्रधानमन्त्री बनेसँगै यो पहिलो विदेश भ्रमण हो ।

भ्रमण टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, गृह सचिव टेकनारायण पाण्डे, अर्थ सचिव मधुकुमार मरासिनी, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव देवेन्द्र कार्की, वन तथा वातावरण सचिव पेमनारायण कँडेल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी सहभागी छन् । यस्तै, यस्तै वन मन्त्रालयका सहसचिव राधा वाग्ले, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी, मन्त्रालयका उपसचिव रेवतीरमण पौडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधव कार्की र प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव जनक भट्ट पनि रहेको छन् ।

भीआइपी सुरक्षा निर्देशिकाले तोकेको मापदण्डअनुसार सेनाका प्रमुख सेनानी प्रकाशबहादुर सिंह, नेपाल प्रहरीका डीएसपी कोमल शाह, सशस्त्र प्रहरी निरीक्षक रामहरि श्रेष्ठसहित ५ जना सुरक्षा अधिकृत र सरकारी सञ्चारमाध्यमका ३ जना पत्रकारसमेत भ्रमण टोलीमा रहेका छन् ।






जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

















ढोरपाटनका दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’मा उपचार जारी
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
इरानमाथि अमेरिकी–इजरायली आक्रमणपछि करिब २०० अमेरिकी सैनिक घाइते
उपराष्ट्रपतिद्वारा शोक व्यक्त
हत्याको अभियोगमा पक्राउ
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया