‘म त हाम फालेकै छु, हाम फालिराख्छु’

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले नै देशको भविष्य निर्माण गर्ने बताएका छन् ।
माओवादी केन्द्र भरतपुर महानगर समितिले आज यहाँ आयोजना गरेको चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उनले माओवादी देशको केन्द्रबिन्दु वन्ने बताएका हुन् ।
उनले भने,‘तपाईहरुलाई अब माओवादी सिद्धियो–सिद्धियो भन्ने लाग्यो होला तर त्यस्तो होइन फेरि एक पटक माओवादी पार्टीनै यो देशको भविष्य निर्माता बनेर आउँछ ।’
आगामी आमनिर्वाचनबाट माओवादी देशको नेतृत्व गर्ने पार्टीको रुपमा आउने भन्दै उनले सबै कार्यकर्तालाई हृदयदेखि सहयोग गर्न आग्रह गरे । उनलेभने ‘म त हाम फालेकै छु हाम फालिराख्छु । तपाईहरु लाग्नुस् ।’
माओवादी सरकारमा हुँदा वा नहँुदा जुनसुकै समयमा पनि जनताकै बीचमा रहेर जनअपेक्षाअनुसार काम गरेको उनको दाबी छ ।
उनले आफू चितवनबाट कतै नभाग्ने पनि बताए ।रासस









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया