मारुती सुजुकीको उत्पादनमा असर

काठमाडौँ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकी इन्डिया (एमएसआई) ले सेमीकन्डक्टरको अभावका कारण इलेक्ट्रोनिक कम्पोनेन्टको आपूर्तिमा अवरोध आएपछि उत्पादनमा असर परेको जनाएको छ ।
कम्पनीले नोभेम्बरमा हरियाणा र सुजुकीको गुजरातमा रहेको दुईवटा प्लान्टका उत्पादनमा ठूलो असर पर्ने जनाएको हो । भारतको सबैभन्दा ठूलो कार कम्पनीले भारतीय स्टक एक्सचेन्जलाई पठाएको जानकारीमा उल्लेख भएअनुसार हालको अनुमानमा, आगामी महिना हरियाणामा दुवै एकाइमा कुल गाडी उत्पादन मात्रा सामान्य अवस्थाको तुलनामा लगभग ८५ प्रतिशत हुने भएकाले कम्पनीले १५ प्रतिशत उत्पादन कटौती गर्ने जनाएको कम्पनीलाई उद्दृत गर्दै दी इकोनोमिक टाइम्सले जनाएको छ ।
सेमीकन्डक्टर संकटका कारण विद्युतीय सामग्रीको आपूर्ति प्रभावित भएकाले आगामी नोभेम्बर महिनामा हरियाणामा भएको प्लान्ट र यसको अनुबंध निर्माण कम्पनी मारुती मोटर गुजरात प्राइभेट लिमिटेड दुबै कारखानामा सवारी उत्पादनमा प्रतिकूल असर पार्ने अपेक्षा गरेको कम्पनीले जनाएको छ ।
कम्पनीको हरियाणाको गुडगाउँ र मानेसर प्लान्टमा वार्षिक १५ लाख युनिटको उत्पादन क्षमता छ । यसअघि मारुतीले चालु वर्षको दोस्रो त्रैमासमा सेमीकण्डक्टरकै कारण ६६ प्रतिशतले नाफामा कमी आएको जनाएको थियो । हाल सेमीकण्डक्टरको अभावले विश्वभरका गाडी निर्माताहरु प्रभावित भईरहेको दी इकोनोमिक टाइम्समा उल्लेख छ ।









एमाले महाधिवेशनको तयारी तीव्र
जेनजी आन्दोलनमा कार्यालय आगजनी र लुटपाट गर्ने १५ जना पक्राउ
एनपीएल : बलिङमा नेपाली खेलाडी चम्किए, ब्याटिङमा विदेशी
सिंहदरबारमा प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच वार्ता जारी
जिल्ला प्रशासनमा जेनजी शहीदको नाम राख्न गृहको निर्देशन
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
प्रतिक्रिया