मारुती सुजुकीको उत्पादनमा असर

काठमाडौँ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकी इन्डिया (एमएसआई) ले सेमीकन्डक्टरको अभावका कारण इलेक्ट्रोनिक कम्पोनेन्टको आपूर्तिमा अवरोध आएपछि उत्पादनमा असर परेको जनाएको छ ।
कम्पनीले नोभेम्बरमा हरियाणा र सुजुकीको गुजरातमा रहेको दुईवटा प्लान्टका उत्पादनमा ठूलो असर पर्ने जनाएको हो । भारतको सबैभन्दा ठूलो कार कम्पनीले भारतीय स्टक एक्सचेन्जलाई पठाएको जानकारीमा उल्लेख भएअनुसार हालको अनुमानमा, आगामी महिना हरियाणामा दुवै एकाइमा कुल गाडी उत्पादन मात्रा सामान्य अवस्थाको तुलनामा लगभग ८५ प्रतिशत हुने भएकाले कम्पनीले १५ प्रतिशत उत्पादन कटौती गर्ने जनाएको कम्पनीलाई उद्दृत गर्दै दी इकोनोमिक टाइम्सले जनाएको छ ।
सेमीकन्डक्टर संकटका कारण विद्युतीय सामग्रीको आपूर्ति प्रभावित भएकाले आगामी नोभेम्बर महिनामा हरियाणामा भएको प्लान्ट र यसको अनुबंध निर्माण कम्पनी मारुती मोटर गुजरात प्राइभेट लिमिटेड दुबै कारखानामा सवारी उत्पादनमा प्रतिकूल असर पार्ने अपेक्षा गरेको कम्पनीले जनाएको छ ।
कम्पनीको हरियाणाको गुडगाउँ र मानेसर प्लान्टमा वार्षिक १५ लाख युनिटको उत्पादन क्षमता छ । यसअघि मारुतीले चालु वर्षको दोस्रो त्रैमासमा सेमीकण्डक्टरकै कारण ६६ प्रतिशतले नाफामा कमी आएको जनाएको थियो । हाल सेमीकण्डक्टरको अभावले विश्वभरका गाडी निर्माताहरु प्रभावित भईरहेको दी इकोनोमिक टाइम्समा उल्लेख छ ।

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
आज २०८२ साल फागुन १७ गते आइतबारको राशिफल
प्रतिक्रिया