अलपत्र परेका तीन विदेशीसहित नौ पदयात्रीको उद्धार

म्याग्दी । म्याग्दीको हिडन भ्यालीबाट मुस्ताङ जाने पदमार्ग पहिल्याउन नसकेर अलपत्र परेका तीन स्पेनी नागरिकसहित नौ जनालाई मुस्ताङ प्रहरीले हेलिकप्टरमार्फत उद्धार गरी सोमवार जोमसोम विमानस्थल लगेको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार हिमपातका कारण बाटो पहिल्याउन नसकी अलपत्र परेका तीन विदेशीसहित छ जना नेपालीको उद्धार गरिएको हो ।
मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रामकुमार दानीले हिडन भ्यालीमा तीन स्पेनी र छ नेपाली गाइड अलपत्र परेपछि उद्धार गरी जोमसोम विमानस्थल ल्याइएको जानकारी दिए ।
नौ जनालाई फिस्टेल एयरको हेलिकप्टरले तीनपटक ओसारेर मुस्ताङको जोमसोम लगेको थियो ।
उद्धार गरिएकामध्ये तीनै जना स्पेनी नागरिक र एक नेपाली भने सोमवार नै काठमाडौँ गएको जनाइएको छ ।
हिमाली क्षेत्रमा चिसो बढ्नुका साथै हिमपात सुरु भएको छ । म्याग्दी र मुस्ताङका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ ।









प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई फर्काउन सर्वोच्चको आदेश
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु
सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
आज २०८२ साल मंसिर २० गते शनिबारको राशिफल
एनपिएल : आज दुई खेल हुँदै
प्रतिक्रिया