पाकिस्तान पाँचौँ पटक टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा
मेरोन्यूज
२०७८ कार्तिक १७ गते ७:१९

काठमाडौँ । पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति आबुधाबीमा भएको खेलमा नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तान सेमिफाइनलमा पुगेको हो ।
पाकिस्तान लगातार चार खेल जित्दै पाँचौँ पटक टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको हो । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा २ विकेट गुमाएर एक सय ८९ रन बनाएको थियो । एक सय ९० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४४ रन बनायो ।
जितसँगै पाकिस्तानले चार खेलमा आठ अंक बनाएको छ । पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेट, दोस्रो खेलमा न्युजिल्यान्ड र तेस्रो खेलमा अफगानिस्तानलाई समान ५–५ विकेटले हराएको थियो । यसअघि समूह एकबाट इङ्ग्ल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ ।
सम्बन्धित









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया