बुइपामा प्रहरी चौकीको भवन निर्माण

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ स्थित बुइपामा प्रहरी चौकीको भवन निर्माण गरिएको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयको दुई करोड दुई लाख लगानीमा सो भवन निर्माण गरिएको हो ।
उक्त भवनको प्रदेश नं १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले मङ्गलबार उद्घाटन गरे । गोरखा–रुजन जेभी काठमाडौँले २०७६ असार १७ गते सम्झौता गरेर तोकिएकै समयमा दुई तले भवन निर्माण सम्पन्न गरेको हो । नवनिर्मित प्रहरी चौकी भवनमा महिला÷पुरुष हिरासत, कार्यालय प्रमुख तथा जवानका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ ।
भवन उद्घाटन गर्दै प्रहरी नायब महानिरीक्षक बिसीले जनमैत्री प्रहरी सेवा र कानूनको परिधिमा रही जनचाहनाबमोजिमको सेवा प्रदान गर्न मातहतका प्रहरीलाई निर्देशन दिए । अपराध अनुसन्धान गर्न आवश्यक जनशक्ति प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराउने उनको भनाइ थियो । “कुनै हालतमा दोषी उम्कनु भएन”, बिसीले भने ।
सहरी विकास तथा भवन डिभिजन कार्यालयको लगानीमा गत वर्ष बुइपा, च्यास्मिटार र रतन्छामा प्रहरी चौकी भवन निर्माण थालिएको हो । बुइपासँगै च्यास्मिटारमा निर्माण गरिएको भवन सम्पन्न भएर हस्तान्तरण गरिएको छ । रतन्छामा भवन निर्माणाधीन अवस्थामा रहेको सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख अनुज श्रेष्ठले जानकारी दिए ।
भवन उद्घाटन कार्यक्रममा सहभागी बुइपाका स्थानीय बासिन्दाले प्रहरी चौकी बुइपामा दरबन्दीअनुसारको प्रहरी र सवारी साधन उपलब्ध गराउन प्रहरी नायब महानिरीक्षक बिसीलाई अनुरोध गरेका थिए । बिसी प्रहरी चौकी बुइपाको भवन उद्घाटनपछि जिल्ला प्रहरी कार्यालय दिक्तेलको निरीक्षण गरेर मंगलबार भोजपुर फर्किए ।

















गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गराइन् निर्वाचनबारे जानकारी
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
प्रतिक्रिया