तीन तहकै निर्वाचनमा एमालेलाई पराजित गर्ने गगनको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आसन्न तीन तहकै निर्वाचनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई पराजित गर्ने दावी गर्ने बताएका छन् । बुधबार कांग्रेसको भक्तपुर सूर्यविनायक नगरपालिका ४ ले आयोजना गरेको कार्यक्रममा थापाले एमालेलाई केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचनमा बढार्ने दावी गरेका हुन् ।
पाँच वर्षका लागि शासन सञ्चालन गर्न जनमत पाएको एमालेले मुलुकलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाए । उनले तीन वर्षमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा भद्रगोल अवस्था सिर्जना गरेको जीकिर गरे । सर्वोच्च अदालतमा देखिएको विवादको कारक पनि ओली सरकार भएको उनको दाबी छ । उनले भने, ‘एमालेलाई माथिदेखि तलसम्म कुचो लगाएर बढार्ने हो । यसका लागि कांग्रेसका सबै नेता कार्यकर्ताहरुले एउटा संकल्प गर्नुपर्नेछ ।’
उनले एमाले पार्टी नभई ओली कम्पनी लिमिटेड भएको आरोप लगाए । केन्द्रदेखि सबै प्रदेश सरकार गुमाएको एमालेले कांग्रेस नेतृत्वको गठबन्धन सरकारलाई ढालिदिने धम्की दिनु हाँस्यास्पद भएको नेता थापाले बताए । एमाले अध्यक्ष ओलीले आफूले चाहे गठबन्धन सरकारलाई एक सातामै ढालिदिने अभिव्यक्ति दिएका थिए ।
‘फरक मत राख्ने भीम रावल र घनश्याम भुसाल छन् । विचरा भिम रावल देख्दा माया लागेर हुन्छ । फरक मत राख्नेलाई ओलीले कुन दिन पार्टीबाट निकाल्छन,’ उनले भने, ‘त्यो नेकपा एमाले होइन, ओली प्राइभेट लिमिटेड हो । ओली प्राइभेट लिमिटेडले दण्ड पाउनैपर्छ ।’
केन्द्रदेखि सबै प्रदेश सरकार गुमाएको एमालेले कांग्रेस नेतृत्वको गठबन्धन सरकारलाई ढालिदिने धम्की दिनु हाँस्यास्पद भएको उनले बताए ।

















मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने तयारी
मिथिलाञ्चलमा आजदेखि होली
झापामा पूर्वसभामुखलाई रविले भने – ‘कुन मुखले भोट माग्दै हुनुहुन्छ ?’
PM Karki addresses 61st Session of Human Rights Council: Reaffirms Nepal’s unflinching commitment to advancing human rights
९ राजनीतिक दल र १२ सय १३ उम्मेदवारले खोले बैंक खाता
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
पोखरा गोल्डकपको उपाधि सहारालाई
प्रतिक्रिया