प्रचण्डले भने-देशभित्र र देशबाहिरका प्रतिगामी शक्ति प्रचण्डलाई सिध्याउन लागेका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभित्र र देशबाहिरका प्रतिक्रान्तिकारी प्रतिगामी शक्ति आफूलाई हराउने मिसनमा लागेको बताएका छन् । नेवा राष्ट्रिय मुक्ति मोर्चाले बिहीबार नेपाल संवतका अवसरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रतिक्रान्तिकारी प्रतिगामीहरु आफूलाई सिध्याउने भनेर लागेको बताए ।
उनले भने, ‘जनतामा माओवादीप्रति उभार आउन थालेको छ । यसलाई देखेर उनीहरु आत्तिएका छन् । तपाईहरुले हिजो अस्तिका भाषा पनि सुन्नुभयो होला, उनको टार्गेट माओवादी होइन, प्रचण्डप्रति देखिन्छ । प्रतिक्रान्तिकारी प्रतिगामीहरु जसरी हुन्छ प्रचण्ड सिध्याउने भनेर लागेका छन् । अहिले अनौठो लाग्न सक्छ,सबै मिलेर प्रचण्डलाई हराउनेमा छन् । तर व्यक्तिगत रुपमा हारजितको मतलब छैन, लास्टसम्म लड्ने भनेर हिँडेको छु ।’ पूर्वसचिव रामेश्वर खनालले माओवादी सिद्धिनुपर्छ भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

















One more Election Policeman dies in Baitadi
9 days left to go for HoR polls: EC reminds stakeholders of Election Code of Conduct
मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा , यात्री धनुषा प्रस्थान
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
सम्बोधनअघिको दबाबमा ट्रम्प
प्रतिक्रिया