मलेसिया र सिंगापुरले हवाई यात्राका लागि क्वारेन्टिन अनिवार्यता हटाउने

क्वालालम्पुर । मलेसिया र सिंगापुरले भ्याक्सिनेटेड ट्राभल लेन (VTL) को शुभारम्भसँगै दुई देशहरू बीच उडान गर्ने यात्रुहरूका लागि क्वारेन्टिन अनिवार्यतालाई हटाएको मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोबले सोमबार बताएका छन् ।
मलेसियाको प्रधानमन्त्री कार्यालय र सिंगापुरको प्रधानमन्त्री कार्यालयबाट जारी संयुक्त प्रेस विज्ञप्ति अनुसार नोभेम्बर २९ बाट लागू हुने उक्त सम्झौताको अर्थ विछोडिएका परिवारहरूलाई पुनर्मिलन हुने अवसर प्रदान गर्नु हो। “दुवै देशले आ-आफ्ना जनतालाई खोप लगाउन र कोभिड-१९ महामारीको व्यवस्थापनमा गरेको महत्त्वपूर्ण प्रगतिलाई ध्यानमा राख्दै प्रधानमन्त्रीहरूले क्रमशः सीमापार यात्राहरू पुनः सञ्चालन गर्न समय सान्दर्भिक भएको प्रतिक्रिया दिएका छन् ।
सिंगापुरले भ्याक्सिनेटेड ट्राभल लेनले क्वालालम्पुर इन्टरनेशनल एयरपोर्ट (KLIA) र सिंगापुरको चाङ्गी एयरपोर्टबाट मात्र हवाई यात्रालाई समेट्नेछ । यद्यपि दुई देशलाई जोड्ने अन्य मार्गलाई पुनः सञ्चालन गर्न भने थप वार्ता आवश्यक हुने बताइएको छ।









प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई फर्काउन सर्वोच्चको आदेश
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु
सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
आज २०८२ साल मंसिर २० गते शनिबारको राशिफल
एनपिएल : आज दुई खेल हुँदै
प्रतिक्रिया