फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
खाना पकाउने ग्यास ७५ रुपैयाँ तथा पेट्रोल, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँले बृद्धि

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । १२ दिनअघि मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाइएको थियो ।
नेपाल आयल निगमको बुधबार बसेको सञ्चालक समितिको बैठकले बुधबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल तथा मट्टितेल आन्तरिक तथा बाह्य हवाई इन्धन, अन्तराष्ट्रिय हवाई इन्धन र एलपी ग्यासको मुल्य एकैपटक बढाएको छ ।
निगमका अनुसार पेट्रोल र डिजेल तथा मट्टितेल तीन, तथा आन्तरिक तथा बाह्य हवाई इन्धन पाँच तथा एलपी ग्यासको मुल्य प्रति सिलिण्डर ७५ रुपैयाँले बढेको छ ।
बुधबार रातिदेखि पेट्रोलको मुल्य एक सय ३६ रुपैयाँ, डिजेल तथा मट्टितेल प्रतिलिटर एक सय १९ तथा आन्तरिक हवाई इन्धनको मुल्य एक सय एक र अन्तराष्ट्रिय हवाई इन्धनको मुल्य प्रतिकिलोलिटर अमेरिकी डलर ८ सय ९५ र एलपी ग्यासको मुल्य एक हजार पाँच सय ७५ पुगेको निगमका सह–प्रवक्ता पुस्कर कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।










प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई फर्काउन सर्वोच्चको आदेश
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु
सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
एनपिएल : आज दुई खेल हुँदै
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
प्रतिक्रिया