फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
खाना पकाउने ग्यास ७५ रुपैयाँ तथा पेट्रोल, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँले बृद्धि

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । १२ दिनअघि मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाइएको थियो ।
नेपाल आयल निगमको बुधबार बसेको सञ्चालक समितिको बैठकले बुधबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल तथा मट्टितेल आन्तरिक तथा बाह्य हवाई इन्धन, अन्तराष्ट्रिय हवाई इन्धन र एलपी ग्यासको मुल्य एकैपटक बढाएको छ ।
निगमका अनुसार पेट्रोल र डिजेल तथा मट्टितेल तीन, तथा आन्तरिक तथा बाह्य हवाई इन्धन पाँच तथा एलपी ग्यासको मुल्य प्रति सिलिण्डर ७५ रुपैयाँले बढेको छ ।
बुधबार रातिदेखि पेट्रोलको मुल्य एक सय ३६ रुपैयाँ, डिजेल तथा मट्टितेल प्रतिलिटर एक सय १९ तथा आन्तरिक हवाई इन्धनको मुल्य एक सय एक र अन्तराष्ट्रिय हवाई इन्धनको मुल्य प्रतिकिलोलिटर अमेरिकी डलर ८ सय ९५ र एलपी ग्यासको मुल्य एक हजार पाँच सय ७५ पुगेको निगमका सह–प्रवक्ता पुस्कर कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

















खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
धनुषामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
नेपाल ‘ए’ द्वारा अमेरिका पराजित
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया