जनकपुरमा हिन्दु–मुश्लिम झडप, दुई दिनको निषेधाज्ञा

जनकपुरधाम । प्रदेश २ को राजधानी जनकपुरधाममा दुई समुदायकाबीच विवाद चर्किँदै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
धनुषाको जनकपुर उपमहानगरपालिका २० स्थित देवपुरा रुपैठामा साम्प्रदायिक सदभावमा खलल पुग्ने गरी नाराजुलुस र हुलहुज्जत गरिरहेको भन्दै जिल्ला प्रशासनले कार्यालय धनुषाले शनिवार दिउँसो २ बजेदेखि आइतबार राती १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
भेला, जुलुस, र्याली, प्रदर्शन, सभा जस्ता क्रियाकला गर्न नपाउने गरी पूर्व जलाद नदीको कल्री बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो तथा दक्षिणमा देवपुरा निमचोकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको धनुषका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।
छठ पर्वमा अर्घ्य दिनका लागि बनाउन लागेको घाटको विषयमा स्थानीयबीच भएको विवादले उग्र रुप लिएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
देवपुरा रुपैठास्थित तेलिया पोखरीमा छठ पूजाको लागि घाट निर्माण गर्ने विषयमा स्थानीयले अवरोध गरेपछि विवाद चर्किएको थियो ।
सोही विषयलाई लिएर शनिबार हिन्दुवादी संगठनको समूह जनकपुरधामको नगर प्रदर्शन गर्दै रुपैठा पुगेपछि झडपको स्थिति उत्पन्न भएको थियो ।
स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले कयौँ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।









प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेवलाई फर्काउन सर्वोच्चको आदेश
पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
सुडानको पूर्वप्राथमिक विद्यालय र अस्पतालमा भएका आक्रमणमा ६३ बालबालिकासहित ११४ जनाको मृत्यु
सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
एनपिएल : आज दुई खेल हुँदै
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
प्रतिक्रिया