क्यानको साधारणसभा आगामी पुस १४ गते

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पुस १४ र १५ गते साधारणसभा गर्ने निर्णय गरेको छ ।
क्यानको आज बसेको बोर्ड बैठकले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षक छनोटका लागि संघका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा पाँच सदस्यीय छनोट समितिसमेत गठन गरेको छ ।
ओमानमा सेप्टेम्बरमा सम्पन्न विश्व क्रिकेट लिग दुईअन्तर्गत अमेरिका र ओमानविरुद्धको शृंखलापछि तत्कालीन प्रशिक्षक डेभ ह्वाटमोर बाहिरिँदा नेपाली पुरुष क्रिकेट टोली प्रशिक्षकविहीन छ ।
क्यानले कातिक १ गते मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो । जसमा ६० जनाले निवेदन दिएका छन् ।
मल्लको संयोजकत्वमा पाँच सदस्यीय छनोट समितिमा कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रबन्धक रौनकबहादुर मल्ल, क्रिकेट म्यानेजर विनोदकुमार दास र एक जना आइसीसी प्रतिनिधि रहनेछन् ।
त्यस्तै बैठकले संघको विधानअनुसार ४ वर्षे कार्यकाल समाप्त भएका जिल्ला क्रिकेट संघहरूको अधिवेशन माघ ७, २०७८ भित्र सम्पन्न गर्न सम्बन्धित संघलाई निर्देशनसमेत दिएको छ । साथै बैठकले संघको आर्थिक कार्यविधि पारितसमेत गरेको छ ।
बैठकले प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुुरुष क्रिकेट प्रतियोगिता पुस १५ गतेसम्म सम्पन्न गर्नेलगायतका निर्णय गरेको छ ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया