पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको सानदार जित
मेरोन्यूज
२०७८ मंसिर १ गते ७:१८

काठमाडौँ । पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारलाई १ सय १९ रनले पराजित गरेको छ । मंगलबार कतारको वेस्ट इन्ड पार्क स्टेडियममा भएको खेलमा नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको कतारले ११ ओभर ५५ बलमा अलआउट हुँदै २७ रनमा बनायो ।
पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले अर्धशतकीय इनिङ्ग्स खेलिन् । कप्तान रुबिना क्षेत्री शून्य रनमा आउट भइन् । कविता कुँवर ८ रनमा अविजित रहँदा अप्सरी बेगम शून्य रनमा अविजित रहिन् । कतारका लागि खादिजा इम्तियाज र एन्जेलिन मारेले ८र८ रन जोडिन्। केरी पाउनसेटले ७ तथा रिज्फा बानोले ३ रन बनाइन् ।
आईसीसी महिला टी–२० विश्व कपको एसियाली छनोटको तयारीका लागि नेपालले कतारसँग तीन खेलको टी–२० सिरिज खेलिरहेको छ ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया