पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको सानदार जित
मेरोन्यूज
२०७८ मंसिर १ गते ७:१८

काठमाडौँ । पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारलाई १ सय १९ रनले पराजित गरेको छ । मंगलबार कतारको वेस्ट इन्ड पार्क स्टेडियममा भएको खेलमा नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको कतारले ११ ओभर ५५ बलमा अलआउट हुँदै २७ रनमा बनायो ।
पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले अर्धशतकीय इनिङ्ग्स खेलिन् । कप्तान रुबिना क्षेत्री शून्य रनमा आउट भइन् । कविता कुँवर ८ रनमा अविजित रहँदा अप्सरी बेगम शून्य रनमा अविजित रहिन् । कतारका लागि खादिजा इम्तियाज र एन्जेलिन मारेले ८र८ रन जोडिन्। केरी पाउनसेटले ७ तथा रिज्फा बानोले ३ रन बनाइन् ।
आईसीसी महिला टी–२० विश्व कपको एसियाली छनोटको तयारीका लागि नेपालले कतारसँग तीन खेलको टी–२० सिरिज खेलिरहेको छ ।
सम्बन्धित









इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
छुटे दुर्गा प्रसाईं
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रतिक्रिया