कांग्रेस महाधिवेशन
बल्ल निर्धारित मितिमा महाधिवेशन हुन्छ भन्ने अवस्थामा पुग्यो कांग्रेसको निर्वाचन समिति
नभएका जिल्लामा धमाधम वडा र पालिका अधिवेशन

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका वडा अधिवेशन हुन बाँकी जिल्लाहरुमा धमाधम अधिवेशन भइरहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । वडा अधिवेशन हुन बाँकी दुई जिल्ला पर्सा र सर्लाहीमा आज अधिवेशन भइरहेको केन्द्रीय निर्वाचन समितिका सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
अन्य सबै जिल्लामा पालिका अधिवेशनसम्म सम्पन्न भए पनि प्रदेश २ का ८ सहित १३ जिल्लामा वडा अधिवेशन भएको थिएन । यही सातामा कैलाली, सुर्खेत, डोल्पा, रसुवा र बाँके तथा प्रदेश २ का बारा, पर्सा, सप्तरी, सिराहा, रौतहट, धनुषा, महोत्तरी र सर्लाहीमा वडा अधिवेशन भइरहेको हो ।
अब वडा अधिवेशनको प्रक्रिया सुरु हुन कुनै पनि जिल्ला बाँकी नरहेको सदस्य घिमिरेले जानकारी दिए ।
‘सबै जिल्लामा वडा अधिवेशनको प्रक्रिया सुरु भएको छ, प्रक्रिया सुरु हुन बाँकी कुनै जिल्ला छैन,’ सदस्य घिमिरेले भने । रौतहट जिल्लाको एउटा वडा र सिन्धुपाल्चोकका तीन वडामा विवादका कारण वडा अधिवेशन हुन सक्ने अवस्था हुन नसकिरहेको उनले जानकारी दिए ।
उनका अनुसार आज पर्सा, बारा, सर्लाहीमा अधिवेशन भइरहेको छ । सर्लाहीमा पहिलो पटक पठाइएका निर्वाचन अधिकृत भागेपछि नयाँ अधिकृत पठाइएको थियो । नया अधिकृत गएर पनि आज अधिवेशन गरिरहेका छन् ।
सिन्धुपाल्चोकमा भने पालिका अधिवेशन हुने अवस्था नदेखिएको निर्वाचन समितिले जनाएको छ । जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने मोहनबहादुर बस्नेत र जिल्ला सभापति विकास लामाबीचको विवादका कारण त्यहाँ पालिका अधिवेशन हुने अवस्था निर्माण गर्न कठिनाइ भइरहेको समितिले जनाएको छ ।
अब भने तोकिएको मितिमा महाधिवेशन हुने निश्चित भएको भन्न सकिने निर्वाचन समितिका सदस्य घिमिरेले बताए । ‘अहिलेको अधिवेशनको सक्रियता र जिल्ला जिल्लाको माहोल हेर्दा अहिले तोकिएको मितिमा महाधिवेशन हुने अवस्था निर्माण भएको छ । अब हामी महाधिवेशन तोकिएकै मितिमा हुन्छ भन्न सक्ने अवस्थामा पुगेका छौँ,’ सदस्य घिमिरेले भने ।
कांग्रेसले यही मंसिर २४ देखि २६ गतेसम्म १४ औं महाधिवेशनको मिति निर्धारण गरेको छ ।
त्यसअघि कांग्रेसले मंसिर ३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, ६ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, १० गते जिल्ला अधिवेशन र १६ र १७ गते प्रदेश अधिवेशनको मिति निर्धारण गरेको छ ।


















भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया