तीन कर्मचारी प्रमुख विशेषज्ञमा बढुवा
मेरोन्यूज
२०७८ मंसिर २ गते १७:३६

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त प्रमुख विशेषज्ञ पद अर्थात १२ औँ तहमा तीन जना डाक्टर बढुवा गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले डा भिमसिंह तिंकरी, डा. श्यामसुन्दर यादव,र डा गुणराज लोहनीलाई १२ औँ तहमा बढुवा गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए।
गत सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि पाँच जनाको नाम सिफारिस गरेको थियो।
जसमा बाँकेको भेरी अस्पतालका डा श्यामसुन्दर यादव, व्यवस्थापन महाशाखाका निर्देशक डा भिमसिंह तिंकरी, पोखरामा कार्यरत बालरोग विशेषज्ञ डा श्रीकृष्ण श्रेष्ठ, प्रसूति गृहकी निर्देशक डा.संगिता मिश्र र मन्त्रालयको नीति योजना तथा अनुमगन महाशाखा प्रमुख डा गुणराज लोहनीको नाम १२औं तहका लागि सिफारिस गरेको थियो।
सम्बन्धित









वेवारिसे अवस्थामा मोरङबाट ९२१ किलो ६६ ग्राम गाँजा बरामद
एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
एमाले महाधिवेशनको तयारी तीव्र
एनपीएल : बलिङमा नेपाली खेलाडी चम्किए, ब्याटिङमा विदेशी
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
प्रतिक्रिया