बैंकिङ कसुर मुद्दाका फरार लिम्बु पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले बैंकिङ कसुरजन्य अपराधका फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा फरार ताप्लेजुङ फुङलिङ नगरपालिका ११ घर भई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका ३ चपली बस्दै आएका ४६ वर्षीय आन्दीराम इजम लिम्बुलाई पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७६ मंसिर १० को फैसलापछि पाँच दिन कैद सजाय र बिगो बमोजिम ३० लाख जरिवना हुने फैसला गरेपछि फरार लिम्बुलाई भक्तपुरको नयाँठिमीबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका लिम्बुले आफ्नो सिद्धार्थ बैँक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्याउँदै चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार उक्त फैसला सुनाएको थियो ।
पक्राउ परेका लिम्बुलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए ।













चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
एमालेले बाेलायाे सचिवालय बैठक
भीमफेदी सुमो दुर्घटना : मृतक ६ मध्ये पाँच जनाको पहिचान खुल्यो
प्रतिक्रिया