जन्ती बसले ठक्कर दिँदा एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर ६ गते ९:१०
काठमाडौँ । सिन्धुपाल्चोकमा जन्ती बसले मोटरसाइललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँतर्फ आइरहेको हेलम्बु यातायातको जन्ती बसले मोटरसाइकल ठक्कर दिँदा नुवाकोट घर भएका बासु बस्नेतको मृत्यु भएको हो ।
सोमबार बिहान ८ बजे जिल्लाको बाहुनेपाटीमा बा ४ छ ७७६६ नम्बरको बसले ०२०२० बा.प्र. २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट युवाको मृत्यु भएपछि स्थानीयले बस तोडफोड गरेका थिए । घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । बसका चालक फरार भएका छन् ।
सम्बन्धित
















यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया