अग्नीपीडित परिवारलाई राहत वितरण
सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका इचोकका अग्नीपीडित तीन परिवारलाई राहत वितरण गरिएको छ ।
वाग्मती प्रदेशका पूर्व सामाजिक विकासमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सदस्य युवराज दुलाल, वाइसीएल जिल्ला इन्चार्ज सुरेश राना, माओवादी २ नं क्षेत्रीय अध्यक्ष भरत थापा, हेलम्बुका अध्यक्ष पेमा ह्योल्मो, जिल्ला कमिटी सदस्य सिपी दुलाल, हेलम्बु–५ का अध्यक्ष मिङमार तामाङलगायतको टोलीले मंगलबार पीडित परिवारलाई भेटेर राहत सामग्री वितरण गरेको हो ।
टोलीले पीडित प्रतिपरिवारलाई १७ हजार, तीन बण्डल जस्तापाता, खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडालगायत वितरण गरेको जिल्ला कमिटी सदस्य सिपी दुलालले जानकारी दिए । सोमबार साँझ इचोक सुर्सिङ झाँक्रीटोलमा सञ्च तामाङको गोठमा आगलागी हुँदा ६ वर्षीय मनोज तामाङ, पाँच वर्षीय मनिष तामाङ र पाँच वर्षीय दिलबहादुर तामाङको मृत्यु भएको थियो ।
















सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट
वैश्विक ऊर्जा सङ्कटबीच अस्ट्रेलियाको आत्मनिर्भरता रणनीति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
प्रतिक्रिया