सशांकलाई धक्काः आफ्नै निर्वाचन क्षेत्रमा पराजुलीले हारे
मेरोन्यूज
२०७८ मंसिर ८ गते १५:३०

नवलपुर । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइराला समूह आफ्नै निर्वाचन क्षेत्रमा पराजित भएको छ ।
नवलपरासीपूर्व क्षेत्र नम्बर १ मा सशांक पक्षका उम्मेदवार कमलप्रसाद पराजुलीलाई पराजित गर्दै सभापति शेरबहादुर देउवा पक्षका अमृत भट्टचन बिजयी भएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा सांसद जितेका कांग्रेस महामन्त्री डा. कोइरालाको घेरा तोड्न भन्दै भट्टचनले उम्मेदवारी दिएका थिए ।
भट्टचन झण्डै दुई सय मतान्तरले विजयी भएका छन् । काँग्रेस सभापति देउवा निकटका भट्टचनलाई जिल्लामा महेन्द्रध्वज जिसी समूहको साथ थियो ।
यो निर्वाचन क्षेत्रमा सचिव पदमा अमृत श्रेष्ठ र शालिकराम सापकोटा विजयी भएका छन् ।
कांग्रेस महामन्त्री डा. कोइराला नवलपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा पटक पटक निर्वाचन हुँदै आएका थिए ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया