निजी क्षेत्र निजी स्वार्थ भन्दामाथि उठेर काम गर्नुपर्ने बेला आयोः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजश्वले चालू खर्च पनि धान्न मुस्किल परेकाबेला निजी क्षेत्रले निजी स्वार्थ भन्दामाथि उठेर काम गर्नुपर्ने बेला भएको बताएका छन् ।
नेपाल आर्थिक पत्रका संघ (नाफिज)ले बुधबार काठमाडौंमा आयोजना गरेको आर्थिक पुनरूउत्थानमा सार्वजनिक निजी साझेदारी विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको अवस्थामा निजी क्षेत्रले स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्ने बताए ।
अर्थमन्त्री शर्माले यस्तो अवस्थामा निजी क्षेत्रको प्राथमिकता राष्ट्र निर्माण र आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
अर्थमन्त्री शर्माले नीजी क्षेत्रको लगानि राष्ट्र निर्माण र आर्थिक विकासमा आधारित हुनु पर्ने बताए ।
अर्थमन्त्री शर्माले निजी क्षेत्रका केही ब्यावसायी आफ्नो स्वार्थमा लागे पनि आम निजी क्षेत्र आर्थिक विकास र राष्ट्र निर्माणमा रहेको बताए ।
देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेकोले कोभिड पछिको आर्थिक पुनरूउत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलियत दिन नसकेको मन्त्री शर्माको भनाई छ ।
अर्थमन्त्री शर्माले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रसंशायोग्य भएको बताए । उनले अब सरकारसँग मिलेर ठूला पुर्वाधार निर्माणमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।
त्यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सीसीडी रेसियो हटाएकोले अहिले बजारमा तरलताको अभाव नभएको बताए ।
गभर्नर अधिकारीले हामीले अहिले बजारमा भइरहेको तरलताको विषयमा सीसीडी र तरलतालाई तुलना गर्न नहुने बताए ।
उनले तरलता लामो समयदेखि समस्याको विषय भएको र कर्जाको माग बढेकोले पनि तरलताको समस्या देखिएको बताए ।
गभर्नर अधिकारीले विश्व अर्थतन्त्र ५.९ प्रतिशतले विस्तार हुने प्रक्षेपण भइरहेको बताए । उनले नेपालमा पनि कोभिडपछि अर्थतन्त्रमा राम्रो रिकभरी भएको बताए । अहिले समग्र माग बढ्दा मूल्यवृद्धिमा चाप गर्दा मूल्यवृद्धि ६.५ प्रतिशतमा रहने अनुमान गरिएको समेत उनले बताए ।
त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले कोरोना महामारीको अवस्थामा राम्रो काम गरेकाले अर्थतन्त्र चाडै माथि उठ्न सक्ने अवस्थामा पुगेको बताए ।
अध्यक्ष गोल्छाले सरकारको तर्फबाट स्टीमुलस प्याकेज आउन नसकेको बताए ।
त्यस्तै, अध्यक्ष गोल्छाले नेपालमा पूर्वाधार विकासका लागि अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सहयोग लिनुपर्नेमा पनि जोड दिएका थिए ।
साथै, कार्यक्रममा अर्थमन्त्री शर्माले आर्थिक पत्रकार केशव गौतमलाई सम्मान गर्नुका साथै आर्थिक जर्नल ‘अर्थचित्र’ विमोचन गरेका थिए ।


















यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया