एमाले महाधिवेशनमा सकियो नौ करोड रुपैयाँ

काठमाडौँ । नेकपा एमालेको १० औँ महाधिवेशनमा करिब नौ करोड रुपैयाँ खर्च भएको छ । निर्धारित समयभन्दा केही दिन महाधिवेशन लम्बिँदा खर्च बढेको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
कार्यालय सचिव तामाङले दुई दिनका लागि तय भएको महाधिवेशन चार दिनसम्म हुँदा करिब डेढ करोड खर्च बढेको बताए । ‘साढे सात करोडमा सक्ने योजना थियो, तर अधिवेशन लम्बिँदा नौ करोड रुपैयाँसम्म खर्च भएको अनुमान छ,’ उनले भने, ‘सहमतिमै नेतृत्व चयन हुने अनुमान थियो, त्यसैअनुसार तयारी गरियो, तर चुनाव नै हुने भएपछि खर्च बढ्न पुग्यो ।’
अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष दिने गरी सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि महाधिवेशन मतदान प्रक्रियामा गएको थियो । मतदान प्रक्रियामा गएसँगै महाधिवेशन थप दुई दिन लम्बिएको हो ।
मंगलबार बिहान ४ बजेदेखि सुरु भएको मतदान सकिएको छ । मतदानमा दुई हजार ११४ जनाले मतदान गरेका छन् । मतदान सकिएसँगै केहीबेरमा मत परिमाण आउने निर्वाचन आयोगले जनाएको छ ।
चुनावमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलले प्रतिस्पर्धामा छन् । त्यस्तै उपाध्यक्षका लागि ओलीले घोषणा गरेकाबाहेक घनश्याम भुसाल मैदानमा छन् ।
सचिवमा पनि ओलीले घोषणा गरेकाबाहेक भीम आचार्य र टंक कार्की चुनावी मैदानमा रहेका छन् ।










मुक्तिनाथ कृषि कम्पनीको विक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल
सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट
अफगानिस्तानमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, ४२ घाइते
सुहाङलाई प्रधानमन्त्रीले भनिन्- तपाईँजस्ता युवाले देशको बागडोर सम्हाल्नुपर्छ
मधेस प्रदेशको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
प्रतिक्रिया