राप्रपा अध्यक्षमा उम्मेदवार घोषणा गर्दै लिङ्देनले भने- कसैले अपमानित महसुस गर्नु पर्दैन
मेरोन्यूज
२०७८ मंसिर १४ गते १३:४९

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता राजेन्द्र लिङ्देनले अध्यक्ष पदमा उम्मेदवार घोषणा गरेका छन् । उनले मंगलबार काठमाडौँमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै लिङ्देनले आफूले उम्मेदवार घोषणा गर्दैमा कसैले अपमानित महसुस गर्नुनपर्ने बताए । उनले आफू अध्यक्ष भएमा देश बचाउने र राप्रपालाई एक नम्बरको पार्टी बनाउने बताए । लिङ्देनलाई राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले समर्थन गरेका छन् । उनले राप्रपालाई बचाउन राप्रपाभन्दा बाहिरका मान्छे पनि पार्टीमा ल्याउनुपर्ने बताए ।
राप्रपाको नेतृत्व परिवर्तन नभए अन्य दलको दलाली गरेर दुई-चारवटा मन्त्री पद पाउने पार्टीमात्रै हुने उनले बताए । उनले राप्रपालाई अग्रजहरुकै सल्लाहमा, उपस्थितिमा एक नम्बर पार्टी बनाउने आफ्नो अभियान रहेको बताए ।
सम्बन्धित


















यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया