राप्रपा महाधिवेशनमा मतदान जारी

काठमाठौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा शनिवार मध्यान्हदेखि मतदान सुरू भएको छ । विहान ११ बजेदेखि मतदान शुरु गर्ने निर्वाचन कार्यतालिका भए पनि एक घण्टा ढिलो मतदान शुरु भएको हो ।
काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा ४ हजार ३ सय ८० जना प्रतिनिधि रहेका छन् । विद्युतीय माध्यामबाट मतदान गर्ने ब्यवस्था भए पनि एक जनाले मतदान गर्न मात्रै १० देखि १५ मिनेट लाग्ने भएको मतदान सम्पन्न हुन समय लाग्ने निर्वाचन समितिले जनाएको छ ।
अध्यक्षका लागि मतपत्रमा मतदान गर्ने ब्यवस्था गरिएको छ भने अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुका लागि विद्युतीय माध्यमबाट मतदान गरिनेछ । मतदानका लागि ८६ वटा बुथ राखिएको छ । मतदान गर्न समय लागे पनि परिणाम भने छिट्टै आउनेछ ।
महाधिवेशनमा एक सय ४९ सदस्यीय नयाँ कार्य समिति गठन गर्न २७६ जनाले उम्मेदवारी दिएका छन् ।
कार्य समितिमा अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित सदस्यहरू रहनेछन् । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी रहेको छ ।
उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित हुनेछन् भने चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै केही पदाधिकारी कार्य समितिले मनोनित गर्ने व्यवस्था छ । उम्मेदवारी दर्ताबाट कूल ५० लाख रुपैयाँ संकलन भएको जनाइएको छ ।
सम्बन्धित समाचार
हिजोका चेला, आजका प्रतिस्पर्धी
कमल थापा भर्सेस राजेन्द्र लिङ्देन, को कति बलियो ?


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया