बीमा गर्नेकाे संख्या बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षमा बीमा गर्नेको संख्या बढेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्म जारी भएको कुल बीमा गर्नेको संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.२ प्रतिशतले वृद्धि भई ९७ लाख ४० हजार २ सय ७४ पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो १ वर्षमा बीमा कम्पनीबाट जारी बीमालेख संख्या १३ प्रतिशतले बढेको हो । सो बीमालेखमध्ये जीवन बीमालेख वैदेशिक रोजगार बीमालेख सहित ९२.५ र निर्जीवन बीमालेख ७.५ प्रतिशत रहेको छ । गतवर्षको असोज महिनासम्म जीवन बीमालेख ९१.५ प्रतिशत र निर्जीवन बीमालेख ८.५ प्रतिशत रहेको थियो ।
यद्यपी चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगार बीमालेख संख्यामा ३४.८ प्रतिशतले कमी आएको छ । यस अवधिमा संकलन भएको बीमा प्रिमियम रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.१ प्रतिशतले वृद्धि भई ४७ अर्ब ८७ करोड पुगेको छ । गत आर्थिक वर्षमा उक्त रकम ३९ अर्ब ८६ करोड रहेको थियो । यस अवधिको बीमा प्रिमियम रकममा जीवन बीमा ७९.८ प्रतिशत र निर्जिबन बीमा तर्फको हिस्सा २०.२ प्रतिशत रहेको अर्थमन्त्रालयले जनाएको छ ।










भारतमा ७ बस ठोक्किए : चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते
पाँच महिनामा ८ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो
मकवानपुरमा रुखबाट लडेर एकजनाको मृत्यु
बिबिसीविरुद्ध ट्रम्पले दायर गरे मुद्दा, १० अर्ब डलर क्षतिपूर्ति माग
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
प्रतिक्रिया