‘ए’ डिभिजन लिगः हिमालयन शेर्पा र पुलिसको बराबरी

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत बुधबारको खेलमा हिमालयन शेर्पा र पुलिस क्लवबीचको खेल बराबरीमा टुंगिएको छ । हिमालयन शेर्पा र पुलिसको खेल एक एक गोलको बराबरीमा टुंगिएको हो ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो मिनेटमा नै हिमालयन शेर्पाका विश्वास श्रेष्ठले गोल गरेका थिए । पहिलो हाफमा एक सून्यको अग्रता लिएको शेर्पाले दोस्रो हाफमा अग्रता कायम राख्न सकेन ।
दोस्रो हाफको ६० औं मिनेटमा पुलिसका लागि सुमन लामाले बराबरी गोल फर्काए ।
पुलिसले दोस्रो हाफमा शेर्पालाई दबाबमा राखे पनि गोल थप्न सकेन भने खेलको अन्तिमतिर ८३ मिनेटमा शेर्पाले पाएको फ्रि किकको सदुपयोग गर्न नसक्दा दुवै टोलीले अंक बाड्न बाध्य भयो ।
शेर्पाका कप्तान विश्वासले दायाँ तर्फबाट प्रहार गरेको फ्रि–किक सोझै पुलिसका गोलकिपर चौधरीले रोकिदिएका थिए ।
बराबरीसँगै सुरुवाती तीन खेलबाट ५ अंक जोडेको पुलिस लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ । पहिलो खेलमा आर्मीसँग १–१ गोलको बराबरीमा रोकिएको पुलिसले दोस्रो खेलमा जावलाखेल युथ क्लबलाई १–० को नतिजामा पराजित गरेको थियो ।
समान खेलबाट दुई अंक जोडेको हिमालयन शेर्पा भने लिग तालिकाको १२औँ स्थानमा छ । शेर्पाले पहिलो खेलमा संकटा क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा मनाङसँग पराजित भएको थियो ।
















निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त
हुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ
PM Karki visits Janaki Temple, pays homage
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया