कांग्रेस महाधिवेशनको प्रचारप्रसारमा अंकुश, यस्तो आयो आचारसंहिता

काठमाडौं । नेपाली कांग्रेसको शुक्रबारदेखि शुरु हुने १४ औं महाधिवेशनमा प्रचारप्रसारमा अंकुश लगाइएको छ । पटक पटकको निर्वाचनको प्रचारप्रसारमा मात्रै मोटो रकम खोला बगाउने गरेको भन्दै कांग्रेसले आलोचना खेप्दै आएको छ ।
यसपालीको पार्टी महाधिवेशनमा यस्तै हुन सक्ने भएकाले निर्वाचन समितिले आचारसंहिता बनाएको छ ।
केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालप्रसाद घिमिरेले महाधिवेशन प्रतिनिधिहरुका लागि आचारसंहिता सार्वजनिक गरेका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिको आचारसंहिताअनुसार प्रचार सामग्रीका रुपमा भिजिटिङ कार्ड मात्रै प्रयोग गर्न पाइने भएको छ ।
यस्तै, सानेपास्थित कांग्रेस केन्द्रीय कार्याल्य, भृकुटी मण्डप परिसर र महाधिवेशनस्थल आसपास ५ सय मिटर क्षेत्रभित्र निर्वाचसँग सम्बन्धित कुनै पनि प्रचार सामग्री राख्न निषेध गरिएको छ । त्यस ठाउँमा ब्यानर, भित्तेलेखन, पोष्टर, तुल, पम्पलेट, इत्यादी टाँस्न तथा माइकिङ गर्न समेत निर्वाचन समितिले मनाही गरेको छ ।











एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया