कांग्रेस महाधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम जारी गरेको हो ।
महाधिवेशनको उदघाटन मंसिर २४ गते शुक्रबार गरिँदैछ । सोही दिन नै बिहान १० बजे महाधिवेशन प्रतिनिधिहरूको नाम प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।
यस्तै, मंसिर २५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ भने सोही दिन बेलुका ५ बजेदेखि बेलुका ७ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता उपर दाबी बिरोध र जाँचबुझको समय तोकिएको छ ।
दाबी विरोध उपर निर्णय २५ गते साँझ ७ बजेपछि ९ बजेसम्म हुनेछ ।
यसैगरी, उम्मेदवारको पहिलो नामावली प्रकाशन २५ गते बेलुका ९ बजेदेखि १२ बजेसम्म तोकिएको छ । उम्मेदवारको नामावली देवनागरि वर्णानुक्रमअनुसार हुने निर्वाचन समितिले जनाएको छ ।
यसैगरी, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मंसिरि २६ गते बिहान ११ बजेसम्म राखिएको छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन भने २६ गते दिउँसो १२ः१५ हुनेछ ।
मतदान २७ गते बिहान ८ बजेदेखि राष्ट्रिय सभागृह भृकुटीमण्डपमा सुरू हुनेछ।



















राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः बलामी
अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा
सामसङको ‘सपनादेखि सम्भावनासम्म’ योजना सार्वजनिक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया