रामचन्द्र-शेखर भेटवार्ता
प्रकाशमानले छाडे म तपाईंलाई छाडिदिन्छु : शेखर

काठमाडौँ । कांग्रेसको महाधिवेशन मुख्खैमा आउँदा समेत सस्थापनइतर समुहले साझा सभापतिका उम्मेदवार छान्न नसकेपछि नेताहरुको दौडधुप तिव्र छ । दुई दिन यता सस्थापन इतर समुहका नेताहरुले आफ्नो समुहबाट साझा उम्मेदवार बनाउने गरी खोजी जारी राखेपनि सभापतिका आकाक्षी नेताहरुकै वीचमा सहमति नजुटदा पछिल्ला वैठकहरु एकले अर्कोका अभिब्यक्तिलाई लिएर भावुक हुने र कांग्रेस नै छोड्नेसम्मका धारणा साजर्वजनिक हुन थालेका छन् ।
त्यही क्रममा विहिवार विहानै सभापतिका दुई आकांक्षी नेता रामचन्द्र पौडेल र शेखर कोइरालाका वीचमा पौडेल निवास वोहोराटारमा भेटवार्ता भएको छ । कांग्रेसमा पौडेलले सभापतिका आकांक्षी नेताहरुलाई दुई ओटा विकल्प दिँदै आएका थिए । पहिलो, सकभर सवैले आफुलाई स्वीकार गरेर एकपटक सभापतिको उम्मेदवारी छोड्नस । दोस्रो त्यसो हुँदैन भने शेखर र प्रकाशमान सिंह मिलेर सहमतिमा उम्मेदवार बनेर आउनुस् ।
पौडेलको यही प्रस्तावमा सभापतिका अर्का आकांक्षी रहेका डा शसांक कोइरालाको पनि सहमति थियो । तर वुधबार वेलुकीसम्म पनि न शेखरले दावी छोडे, न प्रकाशमान सिंहले । त्यसपछि भने निक्कै भावुक हुँदै आफु सहमति नेताहरुले नगर्ने हो भने कांग्रेस छोडने , महाधिवेशनमा पनि नआउने सम्मका अभिब्यक्ति दिएका थिए । त्यसपछि विहिवार विहान केन्द्रीय सदस्यहरुको पनि धारणा र सुझाव सुन्ने भन्दै नेताहरु विना निश्कर्ष उठेका थिए ।
त्यसपछि भने विहानै शेखर रामचन्द्र पौडेललाई भेटन वोहोराटार पुगेका थिए । वोहोराटारमा पुगेर शेखरले प्रकाशमान सिंहले छोडे आफु रामचन्द्रलाई सहयोग गर्न तयार रहेको बताएका थिए । ‘प्रकाशमान सिंहले छाडे म तपाईंलाई छाड्दिन्छु, उहाँले छाड्नु भएन मलाई सहयोग गर्नुहोस्,’ पौडेलसमक्ष शेखरले प्रस्ताव गरेका थिए ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया