कांग्रेसको सहमहामन्त्रीमा मीन विश्वकर्माको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा मीन विश्वकर्माले उम्मेदवारी घोषणा गरेका छन् । नेता विश्वकर्माले विहीबार पत्रकार सम्मेलन गर्दै समावेशी दलिततर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । कांग्रेसको १४ औँ महाधिवेशन शुक्रबारदेखि सुरू हुदैछ । यो महाधिवेशनबाट कांग्रेसले विभिन्न समावेशी समूहबाट ८ जना सहमहामन्त्री हुने व्यवस्था गरेको छ ।
त्यही व्यवस्थाअनुसार आफूले सहमहामन्त्रीमा उम्मेदवारी दिन लागेको नेता विश्वकर्माले बताए । उनी सभापति शेरबहादुर देउवाका विश्वास पात्र हुन् । नेपाल दलित संघको केन्द्रीय अध्यक्षसमेत रहेका विश्वकर्मा १२ औँ र १३ औँ महाधिवेशनमा निरन्तर केन्द्रीय सदस्य निर्वाचित हुन् । हाल प्रतिनिधिसभा सदस्य समेत रहेका विश्वकर्मा पूर्व बाणिज्यमन्त्री र संविधानसभा सदस्य समेत हुन् ।
‘मैले सभापतिज्यूलाई भेटेर सहमहामन्त्रीमा उठ्छु भनिसकेको छु, सबै उम्मेदवारको टुंगो लाग्न अझै समय लाग्न सक्छ,’ उनले भने, ‘त्यसैले मैले अहिले तपाईहरूमाझ आफ्नो उम्मेदवारी घोषणा गर्दैछु ।’
उनले कांग्रेस नै सबैभन्दा पहिलो र ठूलो समावेशी पार्टी भएको दाबी गरे ।
‘कांग्रेस जन्मिदैदेखि समावेशितालाई जोड दिएको थियो, दलित समुदायको लागि मात्रै होइन, समग्र समावेशी समूहकालागि कांग्रेस नेतृत्वका सरकारले धेरै काम गरेका छन्,’ उनले भने, ‘अहिलेको समावेशी संविधान जारी गर्ने कुरामा पनि कांग्रेसको अमूल्य योगदान छ।’
उनले बीपीले विवेकबाट सुरू गरेको समावेशीकरणलाई वर्तमान सभापति शेरबहादुर देउवाले विधानमार्फत कार्यान्वयनमा लगेको बताए । ‘कांग्रेसको संगठन विस्तार हुदै गर्दा त्यो बेला समावेशी विधान थिएन, संविधान पनि थिएन, तर वीपीले कांग्रेसलाई समोवशी बनाउनुभएको थियो,’ उनले भने, ‘अहिले संविधानमात्रै होइन, कांग्रेसको विधान पनि समावेशी छ । र, कांग्रेस पनि समावेशी छ, त्यहीकारण मैले सहमहामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया