गैँडाले आक्रमण गर्दा पुरुषको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर २३ गते १३:१९
काठमाडौँ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा गैँडाको आक्रमणबाट कावासोती १५ शेरगञ्जका ६५ वर्षीय रेशमलाल महतको मृत्यु भएको छ । आफ्नै घर नजिकको चउरमा बसिरहेका अवस्थामा उनलाई मध्यवर्ती क्षेत्रबाट आएको गैँडाले आक्रमण गरेको हो ।
मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा बुधबार राति महतको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए । जिल्लामा निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट निस्कने गैँडाको आक्रमणबाट बर्सेनी स्थानीयवासीले ज्यान गुमाउने गरेका छन् ।
पछिल्लो राष्ट्रिय गैँडा गणना २०७७ अनुसार नेपालमा ७५२ गैँडा छन् भने चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ गैँडा भेटिएका छन् ।
सम्बन्धित
















गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: लिङदेन
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
गृहमन्त्री गुरुङमाथि तत्काल छानबिन गर्न कांग्रेसको माग
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया