बेलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मेरोन्यूज
२०७८ मंसिर २४ गते ९:२९
काठमाडौँ । दाङमा बोलेरो जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
बिहीबार बेलुका करिब पौने ८ बजेतिर घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका–१६ कपासीमा रा१च ३८५ नंको बोलेरोले रा ४ प ४०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार घोराही–१६ का ४३ वर्षीय युवराज चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका चन्दलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएलगतै चिकित्सकले मृत्यु भएको जानकारी दिएका थिए । ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
















वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध
शेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया